‘मेडिकल स्कर्टिङ’ सहित मनाङ एयरका पाइलट सेढाईंलाई मुम्बई लगियो



काठमाडौं । सोलुखुम्बुमा दुर्घटना भएको मनाङ एयरको हेलिकोप्टरका पाइलट प्रकाश सेढाईंलाई उपचारका लागि भारतको मुम्बई लगिएको छ ।

शनिबार हेलिकोप्टर दुर्घटनापछि उद्धार गरी पाइलट सेढाईंको ह्याम्स अस्पतालमा उपचार गरिएको थियो । परिवारका सदस्य र मनाङ एयरको सल्लाहमा उनलाई ‘मेडिकल स्कर्टिङ’ गरी मुम्बई लगिएको हो ।

सेढाईंलाई थप उपचारका लागि मुम्बईको नेशनल बर्न सेन्टरमा रेफर गरिएको छ। उनलाई श्री एयरलाइन्सको चार्टर्ड उडानमार्फत् त्यसतर्फ लगिएको हो ।

ह्याम्स अस्पतालको प्रि हस्पिटल विशेषज्ञ टोलीका डा निशान्त ढकाल, डा रामकृष्ण बुढाथोकी, डा आरोग्य तथा पारामेडिक्स सरोज चौधरी, सुनिल केएम र बलिजंग शाहीले सेढाईंलाई नेशनल बर्न सेन्टर पुर्याएका थिए। ह्याम्सको टोलीले आइतबार बिहान १ बजे मुम्बईको नेशनल बर्न सेन्टरमा बिरामी हस्तान्तरण गरिसकेको छ ।

शनिबार बिहान सोलुखुम्बुको लुक्लाबाट लोबुचे उडेको मनाङ एअरको ‘एन–एनजे’कलसाइन हेलिकप्टर जिल्लाको खुम्बुपासाङल्हामु गाउँपालिका–४ लोबुचेमा दुर्घटना भएको थियो।

लेक लागेका आरोहीलाई लिन गएको हेलिकोप्टरमा दुर्घटना हुँदा पाइलट सेढाईं मात्रै थिए। सेढाईंको मुख, हातखुट्टा लगायत शरीरको ४५ देखि ५० प्रतिशत भागमा जलन भएको ह्याम्स अस्पतालले जनाएको छ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गगन युवाहरूको राजनीतिक आइकन हो, रविले आरोप पुष्टि गर्न सक्नुपर्छः रामकुमारी झाँक्री

काठमाडौं । नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले कांग्रेस महामन्त्री गगन थापामाथि लगाएको

आहा ! पर्यटकीय गन्तव्य रारा

मुगुको मुख्य पर्यटकीय गन्तव्य रारा तालमा डुङ्गा शयर गर्दै पर्यटक । तस्बिर: नृपेन्द्रबहादुर

महाकाली सिँचाइ तेस्रो चरण आयोजना मूल नहर निर्माणले पायो तीव्रता

कञ्चनपुर र कैलालीको मालाखेती क्षेत्रसम्म सिँचाइ सुविधा पुर्‍याउने लक्ष्यसहित निर्माण भएको महाकाली सिँचाइ

शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न राष्ट्रिय सहमति आवश्यकः महासचिव गुरुङ

काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङले शान्ति