सहकारीको रकम ठगी गर्ने प्रवन्धक पक्राउ



तनहुँ । तनहुँको भिमाद नगरपालिका–९ सखेपस्थित भानुमति साना किसान कृषि सहकारी संस्था लिमिटेडका प्रबन्धकलाई प्रहरीले पक्राउ गरेको छ ।

सोही वडा निवासी ५२ बर्षीय प्रवन्धक चुत्रबहादुर थापालाई प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको हो । उनले बिभिन्न मितिमा संस्थाको सेयर रकम, बचत रकम र एक सय तीस सेयर सदस्यको नाममा काल्पनिक ऋण लगानी गरेको देखाई रकम हिनामिना गरेका थिए ।

उक्त सहकारी संस्थाको .दुई करोड ६९ लाख ७१ हजार नौ सय ६६ हिनामिना गरेको देखिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए ।

रकम हिनामिना गरेको जाहेरी परेपछि तनहुँ जिल्ला अदालतबाट सात दिनको म्याद थप गराई उनीमाथि अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाल प्रहरीका दुई एआइजी र दुई डिआइजीलाई दर्ज्यानी चिह्न प्रदान

  काठमाडौँ । नेपाल प्रहरीका दुई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) र दुई प्रहरी

कैलालीको तेडी बाध नदीमा नुहाउने क्रममा डुबेर दुई बालिकाको मृत्यु

  कैलाली ।  कैलालीको कैलारी गाउँपालिका–८ लोहरपुर तेडी बाध नदीमा नुहाउने क्रममा आइतबार

जिबी राईलाई प्रधानमन्त्रीले भगाएको हो भने गृहमन्त्रीले प्रधानमन्त्रीविरुद्ध पक्राउ पुर्जी जारी गरुन्ः ज्ञानेन्द्र शाही

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले देशको प्रधानमन्त्रीले नै जिबी राईलाई भगाएको हो भने

पहिचान फेरिएको धरानको फुस्रेबजार

सुनसरी । कुनै समय व्यापारिक केन्द्रका रुपमा परिचित धरान उपमहानगरपालिका–१३ फुस्रेबजारले अहिले नयाँ