कुटपिटको विरोधमा सडकमा निस्किए चिकित्सक(फोटोफिचर)



काठमाडौं । चिकित्सकमाथि कुटपिट गरेको विरोधमा स्वास्थ्यकर्मीहरुले काठमाडौंमा प्रदर्शन भएको छ । मंगलबार काठमाडौंको माइतीघर मण्डलमा स्वास्थ्यकर्मीहरुले विरोध प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा काठमाडौंका विभिन्न अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मी सहभागी भएका थिए । सोमबार पोखराको मणिपाल अस्पतालमा एक जना बिरामीको मृत्यु भएपछि मृतकका आफन्तले चिकित्सकमाथि कुटपिट गरेका थिए । त्यस्तै आइतबार राति लमजुङ जिल्ला अस्पतालमा बेसीशहर नगरपालिका– ७ का वडाध्यक्ष ऋषिराम बस्नेतले चिकित्सकमाथि कुटपिट गरेका थिए ।

यसअघि गत भदौ २७ गते हेटौंडाको सञ्चो अस्पतालमा बिरामीका आफन्तले दुई जना चिकित्सकमाथि कुटपिट गरेका थिए । चिकित्सकहरूले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी पहिलो संशोधन ऐन २०७८ कार्यान्वयनको माग गरेका छन् । उनीहरुले गृहमन्त्रीको राजीनामा तथा आफूहरुलाई विदेश जान बाध्य नपार्न भन्दै नाराबाजी गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
काँडेभ्याकुर हेर्न उपरदाङगढीमा पर्यटक

भरतपुर । नेपालमा आठ सय ९४ प्रजातिका चरा पाइन्छन् । तीमध्ये नेपालमा मात्र

पाटन अस्पतालमा स्तन क्यान्सरको औषधि निःशुल्क

ललितपुर । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पाटन अस्पतालले स्तन क्यान्सरसम्बन्धी औषधि निःशुल्क वितरण

आगामी जेठ ३ गतेदेखि महाधिवेशन गर्ने एकीकृत समाजवादीको निर्णय

काठमाडौं । नेकपा एकीकृत समाजवादीले आगामी जेठमा महाधिवेशन गर्ने निर्णय गरेको छ ।

पेट पाल्न विदेश जानुपर्ने अवस्था अन्त्य गरिदिनु भन्दै ओलीलाई ९ वर्षीय बालकको पत्र

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सुर्खेतका नौ वर्षीय बालकले विदेश