धवलागिरि आरोहणका लागि पर्यटक आउन सुरु



 

म्याग्दी । म्याग्दीमा रहेको धवलागिरि हिमाल आरोहणका लागि पर्यटक आउन थालेका छन् । संसारको सातौँ (आठ हजार एक सय ६७ मिटर) अग्लो धवलागिरि हिमाल आरोहणका लागि पर्यटक आउन थालेका हुन् । यो हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा पर्छ । विदेशी र स्वदेशी आरोही, शेर्पा, पथप्रर्दशक, भरिया र सहयोगी आधार शिविर पुग्न थालेका हुन् ।

शरद्कालीन याममा आठ के टे«क्सबाट हिमाल चढ्ने अनुमति लिएका तीनजना आरोही र सहयोगीहरु धैलागिरि आधार शिविर पुगेका उनीहरुको सामान पुर्याएर फर्किएका म्याग्दी दानाका पर्यटन व्यवसायी इन्द्रसिंह शेरचनले जानकारी दिए ।

“आरोहीहरु हेलिकप्टरबाट गएका थिए,”उनले भने, “हामीले मुस्ताङको मार्फाबाट एक सय पाँचवटा खच्चरमा आरोहण टोलीको सामान बेस क्याम्प पुर्याएर फर्कियौँ ।” इलाइट र सेभेन समिट टे«कबाट पनि शरदयाममा थप आरोहीहरु धवलागिरिमा आउन लागेका आरोहीको व्यवस्थापन गर्दै आएका शेरचनले बताए ।

पर्यटन विभागका अनुसार चालु शरदयाममा धवलागिरि हिमाल आरोहणका लागि हालसम्म एउटा समूहका १० जनाले अनुमति लिएका छन् । पाँच/पाँच पुरुष र महिला आरोहीले  ११ लाख ९२ हजार ५० राजस्व तिरेका विभागले वेबसाइटमा सार्वजनिक गरेको छ ।

विभागका अनुसार चालु यामका लागि नेपालका दश वटा हिमाल आरोहण गर्न ४७ देशका ३५ वटा समूहमा तीन सय ३९ जनाले अनुमति लिएका छन् । उनीहरुबाट  तीन करोड ६४ लाख ९९ हजार पाँच सय ७७ आरोहण शूल्क सङ्कलन भएको छ ।

गत याममा चारवटा समूहका १२ महिलासहित ३७ जनाले धवलागिरि हिमाल आरोहण गर्दा  ८६ लाख २४ हजार तीन सय ३० शुल्क सङ्कलन भएको थियो । वसन्तयाममा म्याग्दीमा रहेको अन्नपूर्ण प्रथम हिमाल आरोहण गरेका पाँचवटा समूहका ५४ जनाले  एक करोड चार लाख २६ हजार चार सय १० शुल्क तिरेका पर्यटन विभागको अभिलेखमा उल्लेख छ ।

शरदयामका लागि अन्नपूर्ण आरोहणका लागि कसैले अनुमति लिएका छैनन् । वसन्तयाममा नेपालका २८ वटा हिमाल आरोहण गरेका एक हजार एक सय ७६ जनाले ७६ करोड ५७ लाख ५८ हजार तीन शुल्क तिरेका विभागले जनाएको छ ।

शरदयाममा सगरमाथाबाहेक आठ हजार मिटर अग्ला हिमाल आरोहण गर्न चाहने विदेशीले सलामी दस्तुर प्रतिआरोही नौ सय डलर तिर्नुपर्छ । अन्य साना हिमालका लागि न्यूनतम एक सय २५ देखि अधिकतम चार सयसम्म सलामी दस्तुर तिर्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
काँडेभ्याकुर हेर्न उपरदाङगढीमा पर्यटक

भरतपुर । नेपालमा आठ सय ९४ प्रजातिका चरा पाइन्छन् । तीमध्ये नेपालमा मात्र

बर्दिया पठाइयो चितवनको हिंस्रक बाघ

  चितवन । चितवन राष्ट्रिय निकुञ्जमा खोर अभाव भएपछि एउटा बाघ बर्दिया राष्ट्रिय

अटोचालक महिलाको अनुभव : ‘इमानदार भएर काम गरे जुनसुकै पेसाले पनि सन्तुष्टि दिनेरहेछ’

मध्यविन्दु (नवलपरासी) । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–६ की अनिता सारुलाई हरेक दिन

मुग्लिन–पोखरा सडकको नौ किलोमिटर खण्डमा एकतर्फी कालोपत्र

  दमौली । मुग्लिन पोखरा सडक विस्तारअन्तर्गत तनहुँको नौ किलोमिटर खण्डमा एकतर्फी कालोपत्र