धनगढी । अबिरल वर्षाका कारण कैलालीको धनगढी बजार डुबानमा परेको छ । वर्षाका कारण धनगढीको सेती प्रादेशिक अस्पताल भित्रै पानी छिरेको छ। गएराति परेको अविरल वर्षाका कारण अस्पतालमा बिरामी भर्ना गरिएका कक्षहरू जलमग्न भएका हुन् ।
पानी अस्पतालको प्रसूति बार्ड, अप्रेसन वार्ड लगायतमा भरिएको छ। त्यहाँ पानी भरिदा बिरामी तथा कुरुवालाई समस्या भएको छ । आइतबार रातिदेखिको अविरल वर्षाका कारण धनगढी बजार क्षेत्रका एलएन चोक, विशालनगर, हसनपुर क्षेत्र जलमग्न भएका छन् ।

प्रतिक्रिया