डा. भक्तमान श्रेष्ठको अपहरणमा संलग्न तामाङ १३ वर्षपछि पक्राउ



त्रिशूली । बीपी मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनका तत्कालीन कार्यकारी निर्देशक डा भक्तमान श्रेष्ठको अपरहरणमा संलग्न नुवाकोटका सुब्बा तामाङ (लुप्पा) १३ वर्षपछि आइतबार पक्राउ परेका छन् ।

श्रेष्ठको अपहरणमा दोषी ठहरिएका नुवाकोटको विदुर नगरपलिका–१२ का ३९ वर्षका तामाङलाई घर नजिकै आफन्तको घरमा लुकिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काको अनुसार घटनापश्चात फरार रहेका उनलाई पक्राउ गरेर फैसला कार्यान्वयनको लागि चितवन जिल्ला अदालतमा बुझाइएको हो ।

‘अपहरण तथा शरीर बन्धक मुद्दा’ मा चितवन जिल्ला अदालतले उनलाई दोषी ठहर गर्दै १३ वर्ष कैद र एक लाख जरिवानाको फैसला सुनाएको थियो । उनलाई आजै अदालतले कारागार चलान गरेको छ ।

विसं २०६७ जेठ ४ मा डा श्रेष्ठको अपहरणमा संलग्न तामाङसहित छ जनालाई अदालतले विसं २०६९ जेठ २४ मा कैदसहित जरिवाना तोकेका थियो । चिकित्सक भक्तमान श्रेष्ठको अपहरण र त्यसपश्चात तीन किलो सुन फिरौती माग्न संलग्नमध्ये केही यसअघि नै पक्राउ परेका थिए भने केही अझै फरार रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई सरकारको १५ बुँदे स्पष्टीकरण

काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई १५ बुँदे स्पष्टीकरण

गण्डकीमा डेङ्गुबाट सातजनाको मृत्यु

गण्डकी । डेङ्गु सङ्क्रमणबाट गण्डकी प्रदेशमा हालसम्म तीन पुरुष र चार महिला गरी

आयुर्वेदिक चिकित्सक दाहालको ‘हिँड्न बाँकी बाटाहरु’

काठमाडौँ । आयुर्वेद चिकित्सामा रमाउनु र कविता लेख्नु कुन काम तपाईंलाई सजिलो लाग्छ

विभिन्न राजमार्गका पाँच खण्ड पूर्ण अवरुद्ध, आठ सडकखण्डमा एकतर्फी आवागमन

  काठमाडौँ । यही असोज १० देखि १२ गतेसम्मको भारी वर्षाका कारण आएको