फिफिया एप्समार्फत अनलाइन ठगी गर्ने महिला पक्राउ



काठमाडौँ। फिफिया नामको एप्समार्फत अनलाइन बेटिङ गराएर ११ लाख २७ हजार ठगी गरेको आरोपमा पक्राउ परेकी एक महिलालाई प्रहरीले सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा भोजपुर हतुवागढी गाउँपालिका–६ घर भई हाल काठमाडौँ टोखा नगरपालिका–६ बस्ने २८ वर्षीय दादीकी शेर्पा राई रहेकी र उनले फुटबललगायत अनलाइन खेलको विज्ञापन राखेर बेटिङमार्फत ११ लाख २७ हजार ठगेको अनुसन्धानबाट खुलेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।

उनका अनुसार सामाजिक सञ्जालमार्फत साथी बनाएर जिमेलआइडी, फिफिया एप्स इन्स्ट्रल गर्न लगाउनाका साथै बैंक खातालगायतको बायोडाटा विवरण अपडेट गर्न लगाएर पीडितलाई सोही एप्सबाट हुने आर्थिक कारोबार नेपालमा कानुनबमोजिम छ भनी विश्वास दिलाइ ठग्ने गरेको अनुसन्धानबाट खुलेको छ ।

विभिन्न देशबीच हुने फुटबललगायत अनलाइन खेलको विज्ञापन राखेर उनले सट्टेबाजी खेलेमा ९० मिनेटभित्र फाइदा हुने भन्दै उक्त रकम ठगेको भेटिएकाले निजविरुद्ध प्रचलित कानुनबमोजिम ठगी तथा सट्टाबाजीसम्बन्धी कसुरमा अनुसन्धान एवं कारबाहीका लागि टेकुस्थित जिल्ला प्रहरी परिसरमा पठाइएको प्रवक्ता रेग्मीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
खुलामञ्चमा आकाशे पानी पुनःभरण हुने गरी काम गरिँदै

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले खुलामञ्चको ग्रेडिङ र लेभलिङ सुरु गरेको छ । काम

गण्डक जलविद्युत केन्द्रमा दुई महिनादेखि उत्पादन पूर्णरुपमा बन्द, दैनिक आठ लाख घाटा

गण्डक जलविद्युत केन्द्रमा दुई महिनादेखि उत्पादन पूर्णरुपमा बन्द, दैनिक आठ लाख घाटा नवलपरासी

सवारी ‘लाइसेन्स’मा उठेका प्रश्नको तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन

  काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सवारी चालक अनुमतिपत्रको वर्तमान अवस्था र

आकर्षक गन्तव्यको रुपमा विकास हुँदै ‘गङ्गाजमुना तीनसुरे पदमार्ग’

अच्युत रेग्मी, धादिङ ।  स्वच्छ हावापानी, घना जंगल, चराको चिरबिर आवाज, जंगलभित्र ढकमक्क