काठमाडौंको तीनकुनेमा भएको हत्या घटना अनुसन्धानका लागि पाँच सदस्यीय समिति गठन



काठमाडौं । काठमाडौं महानगरपालिका–३२ तीनकुनेस्थित गैह्रीगाउँको दिव्य सःमिलभित्र चार जनाको हत्या घटनाको अनुसन्धानका लागि प्रहरीले समिति गठन गरेका छ ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयले घटनाको अनुसन्धानका लागि पाँच सदस्यीय समिति गठन गरेको हो । एसएसपी सोमेन्द्र सिंह राठोरको संयोजकत्वमा प्रहरी नायव उपरीक्षकहरू क्रमशः काठमाडौं उपत्यका प्रहरी कार्यालयका सुवास खड्का, जिल्ला प्रहरी परिसरका हरि खतिवडा, महानगरीय अपराध महाशाखाका सुरक्षा केसी र बानेश्वर वृत्तका प्रहरी निरिक्षक वीरेन्द्र केसी रहको छानविन समितिमा गठन गरिएको हो ।

गएराति भएको घटनामा चार जनाको शव फेला पारेको थियो । सोही काष्ठ मिलमा गेटपालेको काम गर्ने दोलखाका ५५ वर्षीय कुमार भुजेल, उनी श्रीमती वर्ष ५२ की अम्बिका भुजेल, कुमारकी आमा वर्ष ७६ की सुभद्रा भुजेल र मोरङ बेलबारी स्थायी घर भएका अन्दाजी २० वर्षका नवीन राईको हत्या भएको छ । हत्यामा संलग्न रहेको आशङ्कामा प्रहरीले सोही घरमा बस्ने २८ वर्षीय दीपेन्द्र राईलाई प्रहरीले पक्राउ गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मकवानपुरमा रुखले च्यापिँदा बालकको मृत्यु

  बागमती । मकवानपुरमा रुख ढाल्ने क्रममा च्यापिएर एक बालकको ज्यान गएको छ

फेरि बढ्यो इन्धनको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले शुक्रबार

भक्तपुरमा बाल अदालत गठन गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं । सरकारले भक्तपुरमा बाल अदालत गठन गर्ने निर्णय गरेको छ । यही

संसदीय समितिमा छलफलमा रहेको विधेयक फिर्ता नलिइ अध्यादेश ल्याउने सरकारको प्रक्रिया गलतः सांसद पाण्डे

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले संसद्को समितिमा छलफलमा