नेपालगंज विमानस्थलबाट २६ लाख नगदसहित सरकारी अधिकृत पक्राउ



नेपालगंज । बाँकेको नेपालगञ्ज विमानस्थलबाट स्रोत नखुलेको  २६ लाख नगदसहित एक सरकारी कर्मचारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा दाङको तुलसिपुरस्थित आन्तरिक राजस्व कार्यालयमा कार्यरत  कर अधिकृत खगेन्द्र सापकोटा रहेका छन् ।

सोमबार विमानस्थलमा जाँचका क्रमममा सापकोटाले बोकेको झोलाबाट स्रोत नखुलेको उक्त रकम बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम प्रहरी नायव उपरीक्षक नारायण डाँगीले जानकारी दिए । कर अधिकृत सापकोटाका साथमा रहेका तुलसिपुरस्थित आन्तरिक राजस्व कार्यालयमै कार्यरत दिपक पौडल भने फरार भएको उनले बताए ।

उक्त रकम लिएर सापकोटा श्री एयरलाइन्सको उडानबाट नेपालगञ्जदेखि काठमाडौँ जाँदै थिए । सापकोटालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
तर दुर्भाग्य, हामीले रेल पनि डिजेलवाला किन्दै छौं

नारायण गाउँले । हाम्रा शहरहरू खाड़ीको मरुभूमिभन्दा तातो र प्रदूषित हुँदै जानुको कारण

आनन्द वनमा डढेलो निभाउने क्रममा घाइते भएका अर्का व्यक्तिको पनि मृत्यु

काठमाडौं । ललितपुर गोदावरीको तपेश्वर सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा मंगलबार घाइते

इलाममा सवारी दुर्घटनामा एक जनाको मृत्यु

फिक्कल (इलाम) । आज बिहान इलाममा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको

नेपालको दिगो विकासका लक्ष्य प्राप्तिमा सघाउने राष्ट्रसङ्घको प्रतिबद्धता

काठमाडौँ । उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले राष्ट्रसङ्घ सबल र प्रभावकारी