कागबेनीका बाढी पीडितलाई १५ लाखको राहत सामग्री



म्याग्दी । गत साउन २८ गते कागखोलामा आएको बाढीबाट पीडित कागबेनीवासीका लागि लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपालले शनिबार १५ लाख बराबरको राहत सामग्री पठाएको छ ।

मुस्ताङको वारागुङ मुक्ति क्षेत्र–४, कागबेनीधामका बाढी पहिरो पीडितका लागि आपतकालीन राहत सामग्री पठाएको हो । लायन्स अन्तर्राष्ट्रिय एलसीआइएफको डिजास्टर रिलिफ इमर्जेन्सीग्रान्टअन्तर्गत प्राप्त दश हजार डलर र डिष्ट्रिक्ट ३२५ आई नेपालको ‘डिजास्टर फण्ड’बाट करिब दुई लाख रकम गरी १५ लाख बराबरको समान पठाइएको डिष्ट्रिक्ट क्याविनेट सेक्रेटरी सन्तोष रावलले जानकारी दिए ।

एक परिवारका लागि तत्कालको आवश्यकता भाँडादेखि खाद्यान्नसहितका सामग्रीमा चामल, नुन, तेल, चिनी चियापत्ती, प्रेसर कुकर, थाल, कचौरा, डाडु पनियो, ब्लाङकेट, म्याट्रेसलगायतका दैनिक उपभोग्य वस्तु पठाइएको रावलले बताए ।

कागबेनीधाममा साउन २८ गते साँझ कागबेनी गाउँमाथिको मुक्तिनाथ शिर हुँदै झर्ने शाखा नदी पहिरोका कारण थुनिएपछि आएको बाढीले ठूलो क्षति पुर्याएको थियो । बाढीले घर र सम्पत्ति बगाइदिएपछि कागबेनीका सयौँ नागरिक घरबारविहीन बनेका छन् ।

ठाँडो खोलाको बाढीले २९ घर बगाएको थियो भने केही घरमा आंशिक क्षति पुर्याएको थियो । बाढीले स्थानीयका घर, पसल, होटल, प्रहरीचौकी भवन, वडा कार्यालयलगायतका घर पूरै बाढीले बगाएको थियो ।

राहत सामग्री पठाउँदै रावलले जहाँ आवश्यकता त्यहाँ लायन्स भन्ने उदगार साथ लायन्सले सहयोग गर्दै आएको बताए । उनले लायन्सले बाढी, पहिरो, भूकम्प, आँधीहुरीजस्ता अन्य प्राकृतिक प्रकोप एवं विपद् आदिको व्यवस्थापन गर्दै र पीडितलाई राहत तथा उद्धारको काम गर्दै आएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
डिजेल, मट्टितेलको मूल्य घट्यो र हवाई इन्धनको बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ । निगम

डोल्पाबाट सङ्घ र प्रदेशमा निर्वाचित सबै सांसदलाई मन्त्री हुने अवसर

डोल्पा । हिमाली जिल्ला डोल्पाबाट सङ्घ र प्रदेशमा निर्वाचित सबै सांसदले मन्त्री हुने

विशेष अदालतबाट पशुपतिको जलहरी प्रकरणमा मुछिएका सबैलाई सफाइ

काठमाडौं । पशुपतिनाथको जलहरी प्रकरणमा मुछिएका तीन प्रतिवादीले सफाइ पाएका छन् । मंगलबार

आगलागीबाट सप्तरीमा एउटा बस्ती नै सखाप(फोटोफिचर)

सप्तरी । सप्तरीको महादेवा गाउँपालिकामा मंगलबार भीषण आगलागी भएको छ । आगलागीबाट एक