वसुन्धरामा भ्यानको ठक्करबाट मृत्यु



काठमाडौँ । काठमाडौँको वसुन्धरामा भ्यानको ठक्करबाट मोटरसाइकल चालक दावा दोर्जे शेर्पाको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–३ तिलिङ्गाटारमा गएराति बागमती प्रदेश ०१–०२७ च ६७४७ नम्बरको भ्यानले प्रदेश ३–०२–००६ प ६४०५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा सङ्खुवासभा मकालु गाउँपालिका–१ का शेर्पाको सोमबार बिहान मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते शेर्पाको उपचारका क्रममा ग्रिनसिटी अस्पताल वसुन्धरामा मृत्यु भएको काठमाडौँ उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए । मोटरसाइकलको पछाडि बस्ने १९ वर्षीय डोल्मा शेर्पा घाइते भएकी छन् । उनको ग्रिनसिटी अस्पतालमा उपचार भइरहेको प्रवक्ता भट्टले बताए ।

भ्यानका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
भ्यानका चालक बारा घर भई काठमाडौँको माछापोखरी बस्ने २५ वर्षीय जीतेन्द्र माझीको साथमा काजपत्र नभएको र मादक पदार्थ सेवन गरी सवारी साधन चलाएको पाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गायक रवि ओड धरौटीमा रिहा

सुदूरपश्चिम । वैवाहिक बलात्कारको आरोपमा पक्राउ परेका नेपाल आइडल सिजन २ का विजेता

सफा हिमाल अभियानअन्तर्गत सेनाले उठायो दुई शव र आठ हजार किलो फोहर

काठमाडौँ । गत चैत २९ गतेबाट नेपाली सेनाको अगुवाइमा सञ्चालन भइरहेको सफा हिमाल

सर्वोच्चद्वारा सुदूरपश्चिमका मुख्यमन्त्री नियुक्ति विरुद्धको रिट खारेज

काठमाडौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीको नियुक्ति विरुद्धको रिट खारेज भएको छ

सदनमा जब सभामुखले गृहमन्त्रीलाई बोल्ने समय दिए…. (भिडियोसहित)

  काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगीमा संसदीय छानबिन समिति