थापालाई ‘गोल्डेन ग्लोबल आइकोनिक अवार्ड’


पोखरा । जोन्टा क्लब अफ पोखराकी अध्यक्ष मोनिका थापा ‘गोल्डेन ग्लोबल आइकोनिक अवार्ड २०२३’बाट मलेसियामा सम्मानित भएकी छन् ।

अध्यक्ष थापालाई मलेसियामा युनिभर्सिटी कलेज माविप इन्टरनेशनल र फर्मासेटिकल रोयल इन्टरनेशनल सोसाइटी मलेसियाले संयुक्तरुपमा उक्त अवार्डबाट सम्मान गरेका हुन् । हिमालय हाइड्रोपावर लिमिटेड, सुपर घलेम्दी हाइड्रोपावर प्रालि तथा पोखरा मन्टेश्वरी किन्डर होम नेपालका निर्देशकसमेत रहेकी थापालाई शैक्षिक र सामाजिक क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिएको हो ।

थापालाई युनिभर्सिटी कलेज माविप इन्टरनेशनलका भाइस चान्सलर डा. भान, थाइल्याण्डका पूर्वगभर्नर डा. यानाकोर्न, प्रिजल फाण्डेसनका प्रेसिडेन्ट प्रीति ताग्रे, टर्कीका डा. निजम लगायतले अवार्ड प्रदान गरे । सम्मानित थापाले यो अवार्डले शैक्षिक तथा सामाजिक क्षेत्रमा लाग्न थप हौसला मिलेको बताइन् ।