भैरवसिंह खड्काको कृतित्व र व्यक्तित्व राष्ट्रिय स्तरमै परिचित गराउनुपर्नेमा जोड



काठमाडौं । चिलंखे खड्का अचल सन्तति समाजले मुलुक, समाज तथा आफ्नो वंशका लागि उल्लेख्य योगदान गरेका सेठ रायवहादुर भैरवसिँह खड्काको १९२ औ जन्मजयन्ती कोटेश्वर मनाएको छ ।

राणा प्रधानमन्त्री श्री ३ चन्द्र शमशेरको पालामा नेपाल भोट युद्धका वखत १० हजार मुरि अन्न रसद पानी सैनिकहरूलाई दिने प्रतिबद्धता जनाएवापत उनलाई तत्कालीन सरकारले ‘रायवहादुर सेठ’ पदवी तथा राष्ट्रिय झण्डा सहितको सैनिक सम्मान समेत प्रदान गरेको थियो ।

उनले त्यसबेला मठ मन्दिर, फलामे साँघु, चौतारा, पार्टीपौवा पुल पुलेसा लगायत धार्मिक सामाजिक सुधारको काम गरेका थिए । उनले स्थापना गरेको भैरवेश्वर महादेवको मन्दिर अहिले दोलखाको सिँगटी लगायत उत्तरी भेगमा प्रसिद्ध छ । गुठीका अध्यक्ष केशर खड्काको अध्यक्षतामा भएको समारोहमा अग्रज खड्काहरू बलदेव खड्का, चन्द्रवहादुर खड्का, रूद्रवहादुर खड्का, जगदीश खड्का, हरिशरण खड्का, विजय खड्का, युधिष्ठिर खड्का लगायतले सम्वोधन गरेका थिए ।

कार्यक्रमा अवकासप्राप्त महासेनानी अनिल खड्काद्वारा लिखित सेठ भैरवसिँह खड्का पारिवारिक विवरण नामक पुस्तक विमोचन गरिएको थियो । सेठ भैरवसिँह खड्काको कृतित्व र व्यक्तित्व राष्ट्रिय स्तरमै परिचित गराउनु पर्ने विषय रहेको सहभागीहरूले बताएका थिए ।

   

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
टौ-दहमा विपत् अभ्यास ‘मनसुन–२’ मा उद्धार अभ्यास गर्दै सशस्त्र प्रहरी

सशस्त्र प्रहरी बल, नेपाल नं. ९ पशुपतिनाथ बाहिनी मुख्यालय, बलम्बुले आइतबार काठमाडौँको टौ–दहमा

सिंहदरबार प्रवेश गर्न अब अनलाइनबाटै पास

  काठमाडौँ ।   मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज र प्रविधिमैत्री

‘ब्लु हिल’ मा परिणत हुँदै डोयको डाँडा

गलकोट । चारैतिर हरियाली वन । आँखै अघि देखिने हिमश्रङ्खला र बागलुङ बजार

मुग्लिन पोखरा सडकको पूर्वी खण्डमा ५६, पश्चिम खण्डमा २३ प्रतिशत प्रगति

दमौली (तनहुँ) । मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत पूर्वीखण्डमा ५६ र पश्चिमखण्डमा २३