धारापानीमा ‘एक घर, एक धारा’



म्याग्दी । म्याग्दी जिल्लाको धवलागिरि गाउँपालिका–७ धारापानीमा ‘एक घर, एक धारा’सहितको खानेपानी आयोजना निर्माण भएको छ । खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीले धारापानीमा निजी धारा जडित खानेपानी आयोजना निर्माण भएको हो ।

एक करोडभन्दा बढीको लागतमा निर्माण भएको आयोजनाबाट दुई सय १४ घरमा निजी धारा जडान गरेर खानेपानी वितरण गरिएको धारापानी खानेपानी आयोजनाको उपभोक्ता समितिका अध्यक्ष फतबहादुर खत्रीले जानकारी दिए ।

‘आर्थिक वर्ष २०७३/७४ मा विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार भएकामा २०७७÷७८ देखि निर्माण सुरु भएको थियो”, उनले भने, “यो आयोजनाको काफलडाँडा र बगरको स्किम यसअघि नै निर्माण सकिएको थियो । धारापानीमा सबै घरमा धारा जडान गरेर खानेपानी वितरण भएको छ ।’

धारापानीकी मञ्जु थापाले घरमै जडान भएको धारामा नियमित खानेपानी आपूर्ति हुन थालेपछि समयको बचत र झन्झट हटेको बताइन् । ‘पहिले सार्वजनिक धाराबाट पानी ल्याउन पालो कुर्नुपर्ने थियो’, उनले भने, ‘घरमै धारा बनेपछि खानेपानीका कारणले विवाद हुन छाडेको छ ।’

यसअघि सार्वजनिक धारामार्फत खानेपानी वितरण हुने आयोजनाको संरचना जीर्ण हुदाँ नियमित खानेपानी आपूर्ति नहुने समस्या थियो । धारापानीका बासिन्दा खानेपानी लिन, स्नान र कपडा धुन पँधेरा भन्ने ठाउँमा पुग्ने गर्दथे ।

उपभोक्ताको श्रमदानबाहेक एक करोड ११ लाख ९८ हजार दुई सय ४२ को लागतमा आयोजना निर्माण भएको खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीले जनाएको छ । कार्यालयका प्रमुख सुरेन्द्र पौडेलले अनुमानित लागतभन्दा कम खर्चमा आयोजना निर्माण सकिएको बताए ।

‘एक करोड ६५ लाख लागत अनुमान गरिएको थियो’, उनले भने, ‘ठेक्कामार्फत काम गर्ने हिसाबले तयार पारिएको लागत अनुमानमा उपभोक्ताले काम गर्दा कर, फिजिकल, आर्थिक प्रशासनिक परामर्श शीर्षकको खर्च घटेको छ ।’ कुल लागतको २० प्रतिशत बराबर उपभोक्ताले श्रमदान गरेका छन् ।

कोतखोलाको उत्तिसिनेमा मुहान रहेको आयोजनाको मुख्य पाइप लाइनमा ७५ एमएमको नौ हजार चार सय ९० मिटर पोलिथिन र एक हजार तीन सय आठ मिटर जिआइ पाइप जडान भएको छ । बीस हजार एक सय ३५ मिटर शाखा पाइप लाइन बनाइएको छ । मुख्य र शाखा पाइप लाइन खन्ने र पुर्ने काममा २९ लाख ७४ हजार आठ सय ९५, पाइप र फिटिङका सामान खरिदमा २४ लाख ३२ हजार चार सय ६० खर्च भएको छ ।

एक सय र २० घनमिटर क्षमताको रिजर्भ ट्याङ्की, सामग्री भण्डारगृह, एकवटा डिसी र एकवटा विपिटीसहितका संरचना बनाउन ५७ लाख ९० हजार आठ सय ८६ खर्च भएको कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चिनियाँ कम्पनीबाट लगानी भित्राउन सहजीकरणका लागि समझदारी

  काठमाडौँ ।  चिनियाँ कम्पनीबाट लगानी भित्राउन नेपालको निजी क्षेत्रले सहजीकरण गर्नेसम्बन्धी दुई

गण्डकीका आठ हजार २७७ हेक्टर वन क्षेत्र डढेलोबाट प्रभावित

गण्डकी । गण्डकी प्रदेशका विभिन्न चार सय ६७ स्थानमा डढेलो लागेको छ ।

सडक खनेको चार दशकपछि धादिङको किन्ताङफेदीमा बेली ब्रिज निर्माण

मलेखु । सडक खनेको चार दशकपछि धादिङको खनियाँबास गाउँपालिका–४ किन्ताङफेदीमा पुल (बेली ब्रिज)

बझाङमा एमाले उम्मेदवार ९ मतले अगाडि

  चैनपुर (बझाङ) । बझाङ–१ प्रदेशसभा (क) मा भएको प्रदेशसभा सदस्य निर्वाचनको जारी