बालयौन दुरुपयोगको आरोपमा एकजना पक्राउ



काठमाडौं । प्रहरीले बालयौन दुरुपयोगको आरोपमा एकजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर, ललितपुरले ललितपुरको बुंगमतीस्थित ब्लेस हाउस एण्ड चाइल्ड केयर सेन्टरका सञ्चालक दत्तसिंह बुढालाई पक्राउ गरेको हो ।

प्रहरीले संस्थाका सञ्चालक हुम्लाको सिमिकोट गाउँपालिका–८ स्थायी घर भइ ललितपुर बस्दै आएका ४१ वर्षीय बुढालाई पक्राउ गरेको जनाएको छ । प्रहरीकाअनुसारउनले असारदेखि २६ साउनसम्म सोही चाइल्ड केयरमा बस्दै आएकी ८ वर्षीया नाबालिगलाई यौन दुव्र्यवहार गरेको पाइएको छ ।

उनले प्रतिकार गर्न खोज्दा बालिकालाई निलडाम हुने गरी कुटपिट गरेर शारीरिक यातना दिएको पनि पाइएको प्रहरीले जनाएको छ । उनीविरुद्ध थप अनुसन्धानका लागि अदालतले ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ । पीडित नाबालिगलाई उद्धार गरी संरक्षण गृहमा राखिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गण्डकीमा डेङ्गुबाट सातजनाको मृत्यु

गण्डकी । डेङ्गु सङ्क्रमणबाट गण्डकी प्रदेशमा हालसम्म तीन पुरुष र चार महिला गरी

आयुर्वेदिक चिकित्सक दाहालको ‘हिँड्न बाँकी बाटाहरु’

काठमाडौँ । आयुर्वेद चिकित्सामा रमाउनु र कविता लेख्नु कुन काम तपाईंलाई सजिलो लाग्छ

विभिन्न राजमार्गका पाँच खण्ड पूर्ण अवरुद्ध, आठ सडकखण्डमा एकतर्फी आवागमन

  काठमाडौँ । यही असोज १० देखि १२ गतेसम्मको भारी वर्षाका कारण आएको

रामेछापमा बस दुर्घटना हुँदा एकजनाको मृत्यु, १२ जना घाइते

मन्थली  । रामेछापको खाँडादेवी गाँउपालिका–३ भीरपानीमा मङ्गलबार साँझ यात्रुवाहक बस दुर्घटना हुँदा एक