नागढुंगा सुरुङमार्गको ‘रेस्क्यु टनेल’को ‘ब्रेक थ्रु’(फोटोफिचर)



काठमाडौँ । नौबिसे–नागढुंगा सुरुङमार्ग परियोजना अन्तर्गत ‘रेस्क्यू टनेल’ को ‘ब्रेक थ्रु’ भएको छ । सोमबार सुरुङमार्गको ‘रेस्क्यू टनेल’ को ’ब्रेक थ्रु’ भएको हो ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको उपस्थितिमा सुरुङको ब्रेक थ्रु गरिएको हो । सडक विभागका अनुसार अब आपत्कालीन सुरुङ खन्ने काम सकिएको र फिनिसिङको काम गरिने छ । मुख्य सुरुङ निर्माणको काम भने जारी छ । उक्त सुरुङमा पनि अबको चार महिना भित्र ‘ब्रेक थ्रु’ गर्ने दाबी आयोजनाको छ ।

विसं २०७६ कात्तिक ४ गते सुरुङको शिलान्यास भएको थियो । साढे दुई किलोमिटर लम्बाइ रहेको नागढुङ्गा–नौविसे सुरुङ मार्गको ‘रेस्क्यू टनेल’ सँगै मुख्य सुरुङको काम पनि अब १८ प्रतिशतमात्र बाँकी रहेको छ ।

दुई दशमलव छ किलोमिटर लम्बाइ रहेको मुख्य सुरुङको पाँच सय छ मिटर बाँकी रहेको आयोजनाले जनाएको छ । निर्माणमा कुनै समस्या नआए २०८१ पुसमा सुरुङबाट यातायात चल्ने नागढुंगा–सिस्नेखोला सुरुङमार्ग आयोजनाको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चेपाङ बस्तीमा प्राधिकरणले जब निःशुल्क मिटर बाँड्यो…

काठमाडौं । अति सिमान्तकृत चेपाङ समुदायको वाहुल्यता रहेको धादिङ र चितवनका विकट बस्तीहरुमा

बाघखोरलाई घरबास गाउँ घोषणा

त्रिवेणी । नवलपरासी (बर्दघाघाट पूर्व) नवलपुरको कावासोती–१५, बाघखोरलाई घरबास गाउँ घोषणा गरिएको छ

यी हुन् ट्राफिक प्रहरी जवान घिमिरेको हत्या आरोपी

काठमाडौँ । ट्राफिक प्रहरी जवान युवराज घिमिरेको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले एक

राप्रपाको केन्द्रीय समितिको बैठक आह्वान

काठमाडौँ ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रीय समितिको बैठक यही जेठ ११