नारायणी नदीबाट उद्धार गरिएकी महिलाको मृत्यु



चितवन । नारायणी नदीमा हाम फालेकी महिलाको उपचारका क्रममा मृत्यु भएको छ । बिहीबार बिहान नारायणी नदी पुलबाट हाम फालेकी महिलाको उद्धारपछि उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो ।

बिहान ७ः४० बजे नदीमा हाम फालेकी अन्दाजी ४५ वर्षीया महिलाको उद्धार गरी उपचारका लागि चितवन मेडिकल कलेज ल्याइएको थियो ।जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितका अनुसार उनको उपचारका क्रममा बिहान ८ः३६ मा मृत्यु भएको हो ।

नदीमा हाम फालेकी उनको नेपाल प्रहरी र सशस्त्र प्रहरीको सक्रियतामा उद्धार गरी ल्याइएको थियो । महिलाको नाम थर र ठेगाना खुल्न सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा थापा निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा

किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन सरकारको आग्रह

काठमाडौँ । सरकारले किर्गीस्तानको राजधानी बिस्केक र वरपरको क्षेत्रमा रहेका नेपाली नागरिकलाई घरभित्रै

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द

तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको सदरमुकाम दमौली–जामुनेको वैकल्पिक मार्ग घुम्ती–रानीटारीखण्ड १६ दिनसम्म बन्द हुने

बुटवलमा एम्बुलेन्सको ठक्करबाट महिलाको मृत्यु, दुईजना घाइते

लुम्बिनी । पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल उपमहानगरपालिका–१३ स्थित झोलुङ्गे पुल नजिकै एम्बुलेन्सको ठक्करबाट एकजनाको