काठमाडौँमा आपराधिक गतिविधि बढ्दो



काठमाडौं । काठमाडौँमा प्रत्येक वर्ष अपराधको सङ्ख्या वृद्धि हुँदै गएको छ । काठमाडौँ जिल्ला प्रहरी परिसरका अनुसार प्रत्येक वर्ष काठमाडौँमा अपराधको सङ्ख्या बढ्दै गएको हो ।

आर्थिक वर्ष २०७७/७८ मा पाँच हजार ६६२, आव २०७८/७९ मा आठ हजार नौ सय ७७ र आर्थिक वर्ष २०७९÷८० मा १३ हजार चार सय ६४ अपराधका मुद्दा दर्ता भएका थिए । प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले पछिल्लो समय काठमाडौँभित्र बैकिङ कसुर र आर्थिक अपराधका मुद्दा बढेको जानकारी दिए ।

“पछिल्लो समय बैंकिङ कसुर र आर्थिक अपराधअन्तर्गत ‘चेक बाउन्स’, डलर साटिदिन्छु, चिट्ठा पारिदिन्छु, राम्रो रोजगारीमा विदेश पठाइदिन्छु भनी ठगी गर्ने प्रवृत्ति बढेको छ,” उनले भने ।

आर्थिक वर्ष २०७९/८० मा दर्ता भएका १३ हजार चार सय ६४ अपराधका मुद्दामध्ये बैकिङ  कसुरका मात्र सात हजार १०१, अभद्र व्यवहारका दुई हजार आठ सय ९४, चोरीसम्बन्धी छ सय ४७, ठगीका चार सय १४, लागुऔषधका तीन सय ६८, आत्माहत्यासम्बन्धी तीन सय ५७ मुद्दा रहेका छन् ।

यस्तै महिला तथा बालबालिकासम्बन्धी कसुरमा तीन सय २६, सवारी ज्यान तथा अङ्गभङ्गसम्बन्धी एक सय ८९, कर्तव्य ज्यानसम्बन्धी २७ र अन्य अपराधका एक हजार एक सय ४१ मुद्दा दर्ता भएका थिए । यहाँका प्रहरीले हाल काठमाडौँभित्र ५६ प्रहरी इकाईमार्फत सुरक्षा प्रवाह गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कुलमानलाई स्पष्टीकरण सोध्ने मन्त्रिपरिषद बैठकको निर्णय

काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गर्ने तयारी

चोरी पैठारीको २० किलो चाँदीसहित पाँच पक्राउ

काठमाडौँ । चोरी पैठारी गरी ल्याइएको २० किलो चाँदीसहित काठमाडौँबाट पाँच जना पक्राउ

पत्रकारको पास निलम्वन गरेकोप्रति महासङ्घको ध्यानाकर्षण

काठमाडौँ । प्रश्न सोधेका आधारमा सङ्घीय संसद् सचिवालयले पत्रकार किशोर श्रेष्ठ र प्रकाश

कुमारी सहकारी हिनामिना प्रकरणमा जिसस म्याग्दीका प्रमुखसहित पाँच जना जेल चलान

म्याग्दी । बेनीको कुमारी बहुउद्देश्यीय सहकारी संस्थाको रू एक अर्बभन्दा बढी हिनामिना र