सुन तस्करीको आरोपमा त्रिभुवन विमानस्थलबाट चिनियाँ नागरिक पक्राउ



काठमाडौं । सुन तस्करी प्रकरणमा संलग्न रहेको आशंका चिनियाँ नागरिक पक्राउ परेका छन् । नेपाल छोडेर जाने तयारीमा रहेका बेला बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानबाट चिनियाँ नागरिक लिङ चुवान पक्राउ परेका हुन् ।

विभागले उनी सुनका मालिक भएको दाबी गरेको छ । यस्तै यही प्रकरणमा चितवनका अशोक लामा पनि पक्राउ परेका छन् । यसअघि यो प्रकरणमा एक जना भारतीय नागरिकसहित पाँच जना पक्राउ परेका थिए ।

राजकुमार भुजेल, दीलिप भुजेल, हर्क राई, राजेन्द्र राई र भारतीय नागरिक थोप्तेन छिरिङ पक्राउ परेका थिए । हङकङबाट प्यासेफिक क्याथे एयरको विमानबाट कार्गो गरी नेपालको रेड ट्रेड कम्पनीको नाममा सामान ल्याइएको थियो । सो सामानमा सुन लुकाएर ल्याएको पाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गण्डकीमा डेङ्गुबाट सातजनाको मृत्यु

गण्डकी । डेङ्गु सङ्क्रमणबाट गण्डकी प्रदेशमा हालसम्म तीन पुरुष र चार महिला गरी

आयुर्वेदिक चिकित्सक दाहालको ‘हिँड्न बाँकी बाटाहरु’

काठमाडौँ । आयुर्वेद चिकित्सामा रमाउनु र कविता लेख्नु कुन काम तपाईंलाई सजिलो लाग्छ

विभिन्न राजमार्गका पाँच खण्ड पूर्ण अवरुद्ध, आठ सडकखण्डमा एकतर्फी आवागमन

  काठमाडौँ । यही असोज १० देखि १२ गतेसम्मको भारी वर्षाका कारण आएको

रामेछापमा बस दुर्घटना हुँदा एकजनाको मृत्यु, १२ जना घाइते

मन्थली  । रामेछापको खाँडादेवी गाँउपालिका–३ भीरपानीमा मङ्गलबार साँझ यात्रुवाहक बस दुर्घटना हुँदा एक