पाँचथर । मेची राजमार्गअन्तर्गत पाँचथरको हेवा खोलामा बेलीब्रिज निर्माण गरिएको छ । असार तीन गते हेवा खोलामा आएको पक्की पुल बगाएपछि त्यहाँ सवारीसाधन आवतजावतका लागि बेलीब्रिज निर्माण गरिएको हो ।
बेलिब्रिज निर्माणसँगै आइतबारदेखि संचालनमा आएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । बाढीले पक्की पुल बगाएसँगै मेची राजमार्ग अवरोध भएको र त्यसको वैकल्पिक रुपमा हेवा खोलामा तुइन, फड्के तथा अस्थायी डाइभर्सन पुल संञ्चालन गरि सवारी साधनहरुको सहज आवत जावत भइरहेका थिए ।
प्रहरीले पुलमा साना सवारी साधनहरुलाई प्राथमिकतामा राखी क्रमशः पछि ठूला सवारी साधनहरु संञ्चालन गरिने भएकाले अनावश्यक रुपमा सडक जाम नगरिदिन आग्रह गरेको छ । प्रहरीले पुलबाट एकतर्फी मात्र सवारी आवत जावत हुने हुँदा पालैपालो एकतर्फी र एकपटकमा एउटा मात्र सवारीसाधन आवत जावत गरी पुलको प्रयोग गर्न आग्रह गरेको छ ।


प्रतिक्रिया