महिला हत्याका आरोपी दयाल कारागार चलान



 

बैतडी । महिलाको हत्या आरोपमा दुई वर्षपछि पक्राउ परेका मेलौली नगरपालिकाका ४४ वर्षीय गोरख दयाल कारागार चलान भएका छन् । डडेल्धुराको भागेश्वर गाउँपालिका–३ लामिकाँडेकी ३६ वर्षीया गीतादेवी मल्लको हत्या आरोपमा दयाललाई प्रहरीले यही असार दोस्रो साता पक्राउ गरेको थियो ।

मल्लको हत्यामा संलग्न रहको भन्दै जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए ।

विसं २०७८ साउन ८ गते बैतडीको मेलौली नगरपालिका–५ स्थित माइती घर आउँदै गरेकी मल्ल मेलौली नगरपालिका–७ ल्वाथलीमा मृतावस्थामा फेला परेकी थिइन् । शव फेला परेपसछि प्रहरीले घटनाबारे थप अनुसन्धान गर्दा गोरखको संलग्नता रहेको भन्दै गोरखलाई पक्राउ गरेको थियो ।

मृत्युभन्दा अघिल्लो दिन मल्ल गोरखको सम्पर्कमा आएको अनुसन्धानका क्रममा खुल्न आएको प्रहरी निरीक्षक जोशीले बताए । गोरखविरुद्ध ज्यानसम्बन्धी मुद्दा दर्ता गरेर अनुसन्धान गर्दा निजले प्रहरीसमक्ष मल्लको हत्या गरी शव फालेको भनी बयान दिएका थिए ।

नक्कली मेडिकल सञ्चालक धरौटीमा रिहा  

पञ्चेश्वरमा अवैध रुपमा मेडिकल सञ्चालन गरी बिरामी चेकजाँच गरेको आरोपमा पक्राउ परेकी श्यामाकुमारी शाह धरौटीमा रिहा भएकी छन् । श्यामाविरुद्ध मुद्दा दर्ता गरी अनुसन्धान गरिएको थियो । अनुसन्धानपछि जिल्ला अदालतले ३० हजार धरौटीमा श्यामालाई रिहा गर्न आदेश दिएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक जोशीले जानकारी दिए  ।

मेडिकल सञ्चालनका लागि स्वास्थ्यसम्बन्धी कुनै तालिम नलिएकी श्यामाले क्लिनिकमा बिरामी जाँच्नुका साथै औषधि बिक्री गरिरहेको अवस्थामा दुई हप्ता अगाडि प्रहरीले नियन्त्रणमा लिएको थियो । श्यामा स्वास्थ्यसँग सम्बन्धित व्यक्ति नभएको र निजले क्लिनिकमा बिरामी जाँच्नुका साथै औषधिसमेत बिक्री गरिरहेकाले प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको उनको भनाइ थियो ।

‘श्यामा क्लिनिक’ बिना अनुमति सञ्चालन गरिएको भन्दै जिल्ला प्रशासन कार्यालयले गत जेठमा क्लिनिक  सिल गरेको थियो । गाउँपालिकाले क्लिनिक सञ्चालनका लागि अनुमति दिए पनि श्यामा स्वास्थ्यसँग सम्बन्धित व्यक्ति नभएकाले पक्राउ गरिएको प्रहरीले जनाएको छ । श्यामा पञ्चेश्वर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसागर शाहकी श्रीमती हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
श्रीलङ्काका पूर्वराष्ट्रपति राजापाक्षद्वारा लुम्बिनी भ्रमण, उपाध्यक्ष लामाद्वारा भव्य स्वागत

  काठमाडौँ ।  श्रीलङ्काका पूर्वराष्ट्रपति गोटावाया राजापाक्षलाई लुम्बिनी विकास कोषले स्वागत गरेको छ

नेपालको विकास र समृद्धिप्रति चीन खुसी छः चिनियाँ राजदूत चेन

काठमाडौँ ।  नेपालका लागि चीनका राजदूत चेन सङले नेपालको विकास र समृद्धि देखेर

लेबनानमा तैनाथ नेपाली शान्ति सैनिकलाई धैर्यताका साथ आफ्नो कर्तव्य निर्वाह गर्न प्रधानसेनापतिको निर्देशन

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले संयुक्त राष्ट्र सङ्घको आह्वानमा शान्ति स्थापनार्थ लेबनान र

त्रिभुवन विमानस्थल आसपासको क्षेत्रमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई आवागमन हुने तथा आसपासको क्षेत्रमा चङ्गा, ड्रोन,