आधा किलो सुनसहित मकवानपुरबाट एकजना पक्राउ



मकवानपुर । मकवानपुर प्रहरीले अवैधरुपमा लैजान लागेको सुनसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले पूर्व–पश्चिम सडकखण्डअन्तर्गत पर्ने मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५ रातोमाटेबाट बिहीबार बिहान अवैध सुनसहित एक जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका–१ बस्ने ३५ वर्षीय प्रभु साह सोनार रहेका छन् । उनलाई विशेष सूचनाका आधारमा प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरी टोलीले ४७ लाख ३६ हजार सात सय २९ बराबरको चार सय ८९ ग्राम ३७ मिलीग्राम सुनसहित पक्राउ गरेको प्रहरी नायब उपरीक्षक कार्कीले बताए ।

उनका अनुसार बिहान साढे ११ बजेको समयमा काठमाडौँबाट वीरगञ्जतर्फ जाँदै गरेको ना१ज ७४९० नम्बरको यात्रुवाहक सुमोलाई रोकी जाँच गर्ने क्रममा उक्त सुमोमा सवार सोनारको साथबाट सो परिमाणको सुन बरामद भएपछि निजलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका उनलाई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया पठाइएको प्रहरी नायब उपरीक्षक कार्कीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गण्डकीमा डेङ्गुबाट सातजनाको मृत्यु

गण्डकी । डेङ्गु सङ्क्रमणबाट गण्डकी प्रदेशमा हालसम्म तीन पुरुष र चार महिला गरी

आयुर्वेदिक चिकित्सक दाहालको ‘हिँड्न बाँकी बाटाहरु’

काठमाडौँ । आयुर्वेद चिकित्सामा रमाउनु र कविता लेख्नु कुन काम तपाईंलाई सजिलो लाग्छ

विभिन्न राजमार्गका पाँच खण्ड पूर्ण अवरुद्ध, आठ सडकखण्डमा एकतर्फी आवागमन

  काठमाडौँ । यही असोज १० देखि १२ गतेसम्मको भारी वर्षाका कारण आएको

रामेछापमा बस दुर्घटना हुँदा एकजनाको मृत्यु, १२ जना घाइते

मन्थली  । रामेछापको खाँडादेवी गाँउपालिका–३ भीरपानीमा मङ्गलबार साँझ यात्रुवाहक बस दुर्घटना हुँदा एक