विदेशी पर्यटक आगमन ‘रिकभर’ हुने अवस्थामा, ६ महिनामा भित्रिए चार लाख ७६ हजार विदेशी पर्यटक



काठमाडौं । सन् २०२३ को ६ महिनामा चार लाख ७६ हजार विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार यो सन् २०१९ को तुलनामा ८३ प्रतिशत ‘रिकभर’ हो ।

सन् २०२० को सुरुवातदेखि कोरोना महामारी सुरु भएपछि घट्दो क्रममा रहेको विदेशी पर्यटक आगमन सन् २०२३ मा भने ‘रिकभर’ हुने अवस्थामा पुगेको छ ।  बोर्डका अनुसार सन् २०१९ को जनवरीदेखि जुनसम्म कुल पाँच लाख ३६ हजार ५८ विदेशी पर्यटक नेपाल भित्रिएका थिए ।

साथै सोही अवधिमा कोरोना महामारी सुरु भएको वर्ष सन् २०२० मा दुई लाख २० हजार आठ सय १५, सन् २०२१ मा ५८ हजार ५८ र सन् २०२२ मा दुई लाख ४० हजार नौ सय एक जना विदेशी पर्यटक नेपाल आएका थिए ।

यस वर्षको जनवरीदेखि जुनसम्म नेपाल भित्रिने विदेशी पर्यटकको सङ्ख्या गत वर्षको तुलनामा ९७ दशमलव ७९ प्रतिशतले बढी हो भने सन् २०१९ को तुलनामा १६ दशमलव ९३ प्रतिशतले कम हो ।

बोर्डका अनुसार यस वर्षको जनवरीमा ५५ हजार ७४, फेब्रुअरीमा ७३ हजार दुईसय ४४, मार्चमा ९९ हजार चार सय २६, अप्रिलमा ९८ हजार सातसय ७३ र मेमा ७७ हजार सातसय तीन विदेशी पर्यटक नेपाल आएका थिए । साथै जुनमा ७२ हजार दुईसय ५० जना विदेशी पर्यटक नेपाल आएका छन् ।

जुन महिनामा भारतबाट ३८ हजार आठसय ४५, अमेरिकाबाट आठ हजार चारसय ७०, चीनबाट चार हजार तीनसय ४३, बङ्गलादेशबाट दुई हजार चारसय दुई, युनाइटेड किङ्गडमबाट एक हजार नौसय ९२, अष्ट्रेलियाबाट एक हजार छसय ३९, मलेसियाबाट एक हजार ७९, दक्षिण कोरियाबाट आठसय ८८, जापानबाट सातसय ६४ र भुटानबाट ७०२ जना पर्यटक नेपाल आएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
छानबिन समिति नबनेसम्म कांग्रेसले प्रधानमन्त्रीले विश्वासको मत लिने प्रक्रिया अगाडि बढ्न नदिने

काठमाडौं । नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन नभएसम्म

गृहमन्त्रीलाई गगन थापाको सुझावः म प्रसूतिगृहमा जन्मिएको हो, त्यहाँबाट अनुसन्धान सुरु गरे पनि हुन्छ

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गृहमन्त्री रवि लामिछानेलाई फाइल खोलौँ भनेर

जीबी राईले गरेको सारा फोहोर मैले सोहोर्नुपर्छ भन्ने छैन : गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नेपाली कांग्रेसले सत्ताबाट बाहिरिएको पीडा लुकाउन

हामीसँग दरिलो मुटु छ, मिडिया ट्रायलको खेल चल्दैनः गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणमा आफ्नो कहीँ कतै