पप्पु कन्स्ट्रक्सनका सञ्चालक रौनियार पक्राउ



काठमाडौं । पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियार पक्राउ परेका छन् । प्रहरीले रौनियारलाई शुक्रबार पक्राउ गरेको हो । रौनियारविरुद्ध बाँके प्रहरीमा ठगीसम्बन्धी उजुरी परेको थियो ।

बाँके प्रहरीको आग्रहमा उनलाई काठमाडौंमा प्रक्राउ गरिएको हो । पूर्वसांसदसमेत रहेका रौनियारको निर्माण कम्पनी पप्पु कन्स्ट्रक्सन पुलको ठेक्का लिएर काम नसक्ने कम्पनीका रुपमा परिचित छ । सो कम्पनीलाई सरकारले कालोसूचीमा समेत राखेको छ । रौनियारविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दासमेत दायर गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गण्डकीमा डेङ्गुबाट सातजनाको मृत्यु

गण्डकी । डेङ्गु सङ्क्रमणबाट गण्डकी प्रदेशमा हालसम्म तीन पुरुष र चार महिला गरी

आयुर्वेदिक चिकित्सक दाहालको ‘हिँड्न बाँकी बाटाहरु’

काठमाडौँ । आयुर्वेद चिकित्सामा रमाउनु र कविता लेख्नु कुन काम तपाईंलाई सजिलो लाग्छ

विभिन्न राजमार्गका पाँच खण्ड पूर्ण अवरुद्ध, आठ सडकखण्डमा एकतर्फी आवागमन

  काठमाडौँ । यही असोज १० देखि १२ गतेसम्मको भारी वर्षाका कारण आएको

रामेछापमा बस दुर्घटना हुँदा एकजनाको मृत्यु, १२ जना घाइते

मन्थली  । रामेछापको खाँडादेवी गाँउपालिका–३ भीरपानीमा मङ्गलबार साँझ यात्रुवाहक बस दुर्घटना हुँदा एक