नयाँ राहदानी लिनेको सङ्ख्या महिनैपिच्छे बढ्दै



काठमाडौं । पछिल्लो समय नयाँ राहदानी लिनेहरूको सङ्ख्या बढ्दै गइरहेको छ । राहदानी विभागका अनुसार गतको जेठ महिनामा मात्रै एक लाख ४७ हजार जनाले राहदानी लिएका थिए । यसमध्ये ६३ प्रतिशतले नयाँ राहदानी लिएका छन् भने बाँकीले नवीकरण गराएका छन् ।

एकै महिनामा एक लाख ४७ हजारले राहदानी लिएको हालसम्मकै यो उच्च भएको राहदानी विभागका प्रवक्ता तथा निर्देशक दुरपदा सापकोटाले जानकारी दिइन् । उनका अनुसार गएको चैत महिनामा एक लाख ४२ हजारले तथा वैशाख महिनामा एक लाख २५ हजारले राहदानी लिएका थिए । जसमा राहदानी नवीकरण गर्ने र नयाँ राहदानी लिने दुवैको सङ्ख्या समावेश गरिएको छ ।

प्रत्येक १० वर्षमा राहदानी नवीकरण गर्नुपर्ने कानुनी व्यवस्था छ । पछिल्लो समय राहदानी बनाउनेको सङ्ख्या अनुमानभन्दा बढी र नवीकरण गर्नेको सङ्ख्या कम भएको विभागले जनाएको छ । सैसठ्ठी पृष्ठको राहदानी चार लाख प्रति छापिएकामा पाँच हजारमात्रै प्रयोग भएको र बाँकी मौज्जाद रहेकाले त्यसलाई समेत साधारणसरह वितरण गर्न थालिएको विभागले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रपतिद्वारा कानुन व्यवसायी राष्ट्रिय सम्मेलनको उद्घाटन

  काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले १६औं अखिल नेपाल कानुन व्यवसायी राष्ट्रिय सम्मेलनको

हायर पर्चेज प्रकृतिका सवारी साधन कर्जाको जोखिमभार घटाई १०० प्रतिशत कायम

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा

गुल्मीमा बाढीले पुल निर्माणका सामग्रीमा क्षति

गुल्मी । गुल्मीमा बुधबार रातिको वर्षापछिको बाढीलेल बर्बोट भनभने, पुर्कोट सडक खण्डमा काम

बागमती प्रदेशमा ११ सय वटा दुर्घटनामा परी २६१ जनाको मृत्यु

बागमती । बागमतीमा १० महिनाको अवधिमा सवारी दुर्घटनामा परी दुईसय ६१ जनाको मृत्यु