आगलागीबाट इलाममा आठ घर जलेर नष्ट



इलाम । इलामको माङ्सेबुङ–५ बाह्रलाखे माङमिक्तोक्ला टोलमा आगलागी हुँदा आठ घर जलेर पूर्णरूपमा नष्ट भएका छन् । स्थानीय समिर चेम्जोङको घरबाट सुरु भएको आगलागी अझै पूर्णरूपमा नियन्त्रणमा आएको छैन । स्थानीय पत्रकार सुमन लावतीका अनुसार घटनाको पूर्ण विवरण आउन सकेको छैन ।

गए राति करिब २ बजेबाट आगलागी भएको थियो । स्थानीय तथा प्रहरीको सहभागितामा आगो निभाउने प्रयास भइरहेको छ । आगलागीबाट के–कति क्षति भयो भन्ने अझै यकिन भइसकेको छैन ।

रातको समय र आगलागी पूर्णरूपमा नियन्त्रणमा आइनसकेकाले क्षतिको विवरण आउन बाँकी रहेको बताइएको छ । आगलागी के कारणले भयो समेत खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘हेल्मेट डाँडा’लाई पर्यटकीय गन्तव्य बनाइँदै

कास्की। पृथ्वी राजमार्ग अन्तर्गत पोखरा महानगरपालिका-३२ स्थित लामेआहाल, कालिका नगर र मजुवाबीचको रमणीयडाँडा

सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम (पूर्णपाठ)

काठमाडौँ ।  राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार सङ्घीय संसद्को संयुक्त बैठकमा नेपाल सरकारको आगामी

सरकारको नीति तथा कार्यक्रम समग्रमा उत्साहजनक : एमाले

काठमाडौँ । सत्तारुढ नेकपा नेताहरुले सरकारको नीति तथा कार्यक्रम समग्रमा उत्साहजनक भएको प्रतिक्रिया

सन्दीपको मुद्दा हेर्दाहेर्दैमा, भोलि फैसला आउने

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । उच्च अदालत पाटनले