हवाई भाडा घट्यो
काठमाडौं । हवाई भाडा घटेको छ । हवाई इन्धनको मूल्य घटाइएपछि भाडादर पनि घटाइएको हो । मंगलबार नेपाल आयल निगमले हवाई इन्धनको मूल्य प्रतिलिटर दश रुपैयाँ घटाएपछि बुधबार नेपाल नागरिक उड्डयन प्राधिकरणले भाडा घटाएको हो ।
प्राधिकरणले काठमाडौंबाट छोटो दुरीमा रहेको सिमरामा ९० रुपैयाँदेखि काठमाडौंबाट टाढाको दूरीमा रहेको धनगढीको भाडा ४४५ रुपैयाँसम्म घटाएको छ ।
हेर्नुस् भाडादर