बागलुङमा जीप दुर्घटना, दुई जनाको मृत्यु



बागलुङ । बागलुङमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । गलकोटबाट बागलुङ बजारतर्फ आउँदै गरेको ग१च ९४८५ नम्बरको जीप काठेखोला गाउँपालिका–५ ठुलढुङ्गामा दुर्घटना भएको हो ।

दुर्घटनामा परी मृत्यु हुने दुवैजनाको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मदन केसीले जानकारी दिए । दुवैजनाको घटनास्थलमै मृत्यु भएको हो । जीप मध्यपहाडी लोकमार्गबाट पाँच सय मिटर तल खसेको हो । मृतक दुवै पुरुष रहेको केसीले बताए। जीपमा सवार यात्रुको सङ्ख्या यकिन हुन सकेको छैन । प्रहरी टोली घटनास्थलमा पुगेर उद्धारकार्यमा जुटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सगरमाथामा क्षेत्रमा जलवायु परिवर्तनका अस्वाभाविक असर देखिँदै, खुम्बु हिमनदी छोटिँदै

  सोलुखुम्बु । विश्वव्यापी तापक्रमको उच्च वृद्धिसँगै सगरमाथासहितका हिमालहरु चपेटामा पर्दै गएको स्थानीय

अख्तियारद्वारा कपिलवस्तु मालपोतका नायब सुब्बा ३० हजार घुससहित पक्राउ

काठमाडौं । मालपोत कार्यालय कपिलवस्तुका नायब सुब्बा नरहरी खनाल घुस रकमसहित पक्राउ परेका

युरोप, जापान, कोरिया, इजरायल लगायतका मुलुकमा वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो

काठमाडौँ । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा

ललितपुरमा आगलागीमा परी घाइते भएका दुई बालिकाको मृत्यु

काठमाडौं । ललितपुरको ग्वार्कोमा आइतबार आगलागीमा परी घाइते भएका दुई बालिकाको मृत्यु भएको