जिससको गाडी दुर्घटना हुँदा स्याङ्जामा एकजनाको मृत्यु, तीन घाइते



पोखरा । स्याङ्जाको सिरुवारीबाट फर्किदै गरेको बा १ झ ५८७८ नम्बरको जिल्ला समन्वय समिति स्याङ्जाको गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । स्याङ्जाको अर्जुनचौपारी ३ सहरे नजिक खोले भन्ने ठाउँमा दुर्घटना हुँदा सवारी चालक अमृत खनालको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला समन्वय समिति स्याङ्जाका समन्वय अधिकारी राजेन्द्रप्रसाद पौडेलको खुट्टा भाँचिएको छ भने अम्विका पौडेल र टिकाराम पौडेल सामान्य घाइते भएका प्रहरीको भनाई छ । घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल स्याङ्जा लगिएको छ। गाडी बाटोबाट करिब ५०० मिटर तल खसेर दुर्घटना भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मुस्ताङका च्याङग्राको भुवा परीक्षण

म्याग्दी । मुस्ताङका कृषकले पालेका च्याङग्राको भुवा (पश्मिना बनाउने कच्चा पदार्थ) को गुणस्तर

खुलामञ्चमा आकाशे पानी पुनःभरण हुने गरी काम गरिँदै

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले खुलामञ्चको ग्रेडिङ र लेभलिङ सुरु गरेको छ । काम

गण्डक जलविद्युत केन्द्रमा दुई महिनादेखि उत्पादन पूर्णरुपमा बन्द, दैनिक आठ लाख घाटा

गण्डक जलविद्युत केन्द्रमा दुई महिनादेखि उत्पादन पूर्णरुपमा बन्द, दैनिक आठ लाख घाटा नवलपरासी

सवारी ‘लाइसेन्स’मा उठेका प्रश्नको तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन

  काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सवारी चालक अनुमतिपत्रको वर्तमान अवस्था र