प्रहरी महानिरीक्षक कुँवर ‘हेड अफ एनसीबी कन्फ्रेन्स’ मा सहभागी हुन सिंगापुर प्रस्थान



काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवर सिंगापुर प्रस्थान गरेका छन्। नेशनल सेन्ट्रल ब्यूरो (एनसीबी), नेपालका प्रमुखसमेत रहेका कुँवर सोमबार सिंगापुर प्रस्थान गरेका हुन् ।

इन्टरपोल महासचिवालयको आयोजनामा सिंगापुरमा सञ्चालन हुने ‘हेड अफ एनसीबी कन्फ्रेन्स’ मा सहभागी हुन उनी त्यसतर्फ गएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । आईजीपी कुँवरलाई प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायब महानिरीक्षकहरूलगायत वरिष्ठ प्रहरी अधिकृतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शुभकामनासहित बिदाइ गरेका थिए ।

नेपाल इन्टरपोलको १०० औं सदस्य राष्ट्र हो। इन्टरपोलको शताब्दी वर्षमा नेपालका तर्फबाट जेठ २ गते प्रहरी वरिष्ठ नायब निरीक्षक पुरुषोत्तम नेपालीले सगरमाथा आरोहण गरेका थिए ।

उनले सगरमाथा चुचुरोमा नेपालको राष्ट्रिय झण्डासहित नेपाल प्रहरी र इन्टरपोलको झण्डा फहराएका हुन्। इन्टरपोलको उक्त झण्डा आईजीपी कुँवरले कन्फ्रेन्सका क्रममा इन्टरपोलका अध्यक्ष अहमद नासेर अल–रैसीलाई हस्तान्तरण गर्ने कार्यक्रम छ ।

हेड अफ एनसीबी कन्फ्रेन्समा अन्तर्राष्ट्रियस्तरमा हुने अपराधहरूको नियन्त्रण सम्बन्धमा इन्टरपोलका सम्पूर्ण १९५ सदस्य राष्ट्रहरूका एनसीबी प्रमुखहरू तथा इन्टरपोल महासचिवबीच एकैसाथ समन्वय एवं सहकार्यका विषयहरूमा छलफल हुने गर्छ ।

कन्फ्रेन्समा इन्टरपोलका सदस्य राष्ट्रहरूका प्रमुखहरूले आ–आफ्ना देशका प्राथमिकताहरू, उत्कृष्ट अभ्यासहरू आदानप्रदान गर्नेछन् । इन्टरपोलका सदस्य राष्ट्रहरूका प्रमुखहरूको हरेक वर्ष हुने एनसीबी हेड कन्फ्रेन्स यस वर्ष यही जेठ २४ देखि २६ गतेसम्म सिंगापुरमा सम्पन्न हुनेछ। कन्फ्रेन्समा एनसीबी काठमाडौंका शाखा प्रमुख प्रहरी उपरीक्षक अनुपमशमशेर जबरासमेत सहभागी हुनेछन् ।

आईजीपी कुँवरको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक टेकप्रसाद राईले प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चिनियाँ कम्पनीबाट लगानी भित्राउन सहजीकरणका लागि समझदारी

  काठमाडौँ ।  चिनियाँ कम्पनीबाट लगानी भित्राउन नेपालको निजी क्षेत्रले सहजीकरण गर्नेसम्बन्धी दुई

गण्डकीका आठ हजार २७७ हेक्टर वन क्षेत्र डढेलोबाट प्रभावित

गण्डकी । गण्डकी प्रदेशका विभिन्न चार सय ६७ स्थानमा डढेलो लागेको छ ।

सडक खनेको चार दशकपछि धादिङको किन्ताङफेदीमा बेली ब्रिज निर्माण

मलेखु । सडक खनेको चार दशकपछि धादिङको खनियाँबास गाउँपालिका–४ किन्ताङफेदीमा पुल (बेली ब्रिज)

बझाङमा एमाले उम्मेदवार ९ मतले अगाडि

  चैनपुर (बझाङ) । बझाङ–१ प्रदेशसभा (क) मा भएको प्रदेशसभा सदस्य निर्वाचनको जारी