सिन्धुपाल्चोकमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु



 

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–४ कुविण्डेमा गएराति मोटरसाइकल दुर्घटना परेर दुई  जनाको घटनास्थलमै मृत्यु भएको छ ।

बा४५प ५५४१ नंको मोटरसाइकल दुर्घटनामा परी मृत्यु हुनेमा बलेफी गाउँपालिका–२ नौविसेका २२ वर्षीय प्रदीप माझी र चौतारा साँगाचोकगढी–११ का अन्दाजी १६ वर्षीय अनिल माझी रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रामकुमार यादवले जानकारी दिए ।
गएराति करिब १२ बजेको समयमा सडकबाट एक सय ५० मिटर तल झरेको मोटरसाइकल पूर्णरुपमा क्षति भएको प्रनाउ यादवले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बालन्यायको आवश्यकतालाई सम्बोधन गर्न राज्यले अभिभावकीय भूमिका खेल्छः प्रधानन्यायाधीश श्रेष्ठ

काठमाडौं । सर्वोच्च अदालतका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले बालन्यायको महत्व र आवश्यकतालाई सम्बोधन गर्न

अन्नपूर्ण आधार शिविरमा म्याग्दीका जनप्रतिनिधि र सुरक्षा अधिकारीको समन्वय बैठक

म्याग्दी । समुद्री सतहदेखि चार हजार एक सय मिटर उचाइमा अवस्थित अन्नपूर्ण प्रथम

पाहुनालाई कोसेली ताराखोलाको भुटेको मकै

बागलुङ । लेकाली चोयाले बुनेको चिटिक्कको डाली। डालीभरि भुटेको सिरिम्ले मकै। मकै पनि

तुम्लिङटार विमानस्थलमा १२ दिनदेखि उडान ठप्प

  किमाथाङ्का (सङ्खुवासभा) । सङ्खुवासभाको तुम्लिङटार विमानस्थलमा १२ दिनदेखि उडान ठप्प भएको छ