शरणार्थी प्रकरणमा तथ्यमा आधारित समाचार सम्प्रेषण गर्न प्रहरीको अनुरोध



 

काठमाडौं । भूटानी शरणार्थी प्रकरणका विषयमा तथ्य र प्रमाणका आधारमा समाचार सम्प्रेषण गर्न नेपाल प्रहरीले सञ्चारमाध्यामसँग अनुरोध गरेको छ ।

कतिपय अनलाइन, छापा मिडिया तथा विभिन्न सामाजिक सञ्जालमा प्रहरीबाट अनुसन्धानका क्रममा रहेको भूटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै नेपालीहरुलाई ठगी गरी सङ्गठित अपराध गरेको घटनाको विषयमा गलत, मनोगत र अनुमानमा आधारित भ्रमपूर्ण समाचार सम्प्रेषण भएको भन्दै नेपाल प्रहरीले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

प्रहरी प्रधान कार्यालयले बुधबार विज्ञप्ति जारी गरी यस्ता तथ्यहीन तथा भ्रामक समाचारबाट जनमानसमा गलत सूचना प्रवाह हुन जाने र मुद्दाको अनुसन्धानमा समेत नकारात्मक प्रभाव पार्नसक्ने भएकाले तथ्यमा आधारित रहेर सूचना सम्प्रेषण गर्न, गराउन अनुरोध गरेको हो ।

प्रहरी वरिष्ठ उपरीक्षक दीपेन्द्र जिसीद्वारा जारी विप्तिमा भनिएको छ, ‘तथ्यमा आधारित र वस्तुगत प्रमाणमा आधारित रहेर अनुसन्धानलाई सारभूतरुपमा निष्कर्षमा पुर्याउन नेपाल प्रहरी प्रतिबद्ध छ ।’

सही, सत्य र तथ्यमा आधारित सूचना र समाचार सम्प्रेषण गरी नेपाल प्रहरीलाई अनुसन्धान कार्यमा सहयोग गर्न पनि अनुरोध गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कुलमानलाई स्पष्टीकरण सोध्ने मन्त्रिपरिषद बैठकको निर्णय

काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गर्ने तयारी

चोरी पैठारीको २० किलो चाँदीसहित पाँच पक्राउ

काठमाडौँ । चोरी पैठारी गरी ल्याइएको २० किलो चाँदीसहित काठमाडौँबाट पाँच जना पक्राउ

पत्रकारको पास निलम्वन गरेकोप्रति महासङ्घको ध्यानाकर्षण

काठमाडौँ । प्रश्न सोधेका आधारमा सङ्घीय संसद् सचिवालयले पत्रकार किशोर श्रेष्ठ र प्रकाश

कुमारी सहकारी हिनामिना प्रकरणमा जिसस म्याग्दीका प्रमुखसहित पाँच जना जेल चलान

म्याग्दी । बेनीको कुमारी बहुउद्देश्यीय सहकारी संस्थाको रू एक अर्बभन्दा बढी हिनामिना र