बालिका बलात्कारका अभियुक्तलाई १८ वर्ष कैद सजाय



राजविराज । सप्तरीमा १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवकलाई १८ वर्ष कैद सजाय भएको छ । मंगलबार जिल्ला न्यायाधीश डा राजेन्द्रकुमार आचार्यको इजलासले राजविराज नगरपालिका–१२ विषहरियाका २१ वर्षीय कलदीपकुुमार खंगलाई १८ वर्ष कैद सजाय सुनाएको सप्तरी जिल्ला अदालतले जनाएको छ ।

आरोपितले सात लाख जरिवाना तिर्नुपर्ने र एक लाख ५० हजार पीडितलाई क्षतिपूर्ति दिनुपर्नेसमेत फैसला भएको अदालतका सूचना अधिकारी भरतमणि पोखरेलले जानकारी दिए ।

आरोपितले २०७९ मङ्सिर १ गते राति बलात्कार गरेको भन्दै पीडितका बुबाले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । आरोपितले ललाइफकाई छिन्नमस्ता गाउँपालिका–६ लोखरममा बलात्कार गरी भागी फरार भएको पीडितले बताए ।

आरोपित २०७९ मङ्सिर २० गते पक्राउ परेका थिए । सप्तरी जिल्ला अदालतका जिल्ला न्यायाधीश हरिश्चन्द्र इङ्गनामको इजलासको आदेशमा आरोपित गत पुस १८ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चौकीडाँडामा रोशी खोलाको बाढीले बगाएपछि अवरुद्ध सडक एकतर्फी सञ्चालन हुनेगरी निर्माण

काभ्रे । बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–६ र रोशी गाउँपालिका–७ सीमास्थल चौकीडाँडामा रोशी

महानगरपालिका र कोषबीच पशुपति गौशाला धर्मशाला सञ्चालनका लागि सहमतिपत्रमा हस्ताक्षर

काठमाडौँ । पशुपति गौशाला धर्मशाला काठमाडौँ महानगरपालिकाले सञ्चालन गर्नेगरी कार्यविधिको मस्यौदामाथि छलफल सुरु

सडक सञ्जाल अवरुद्ध भएपछि बढेको हवाई उडानको चाप विस्तारै सामान्य बन्दै

काठमाडौँ । बाढी र पहिरोले सडक सञ्जाल अवरुद्ध भएपछि बढेको हवाई उडान चाप

मेलम्चीको पानी काठमाडौंमा वितरण, मन्त्री यादवद्वारा शुभारम्भ

काठमाडौँ । काठमाडौँ उपत्यकामा मेलम्चीको पानी वितरण सुरु गरिएको छ । खानेपानीमन्त्री प्रदीप