भीमफेदीमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु


मकवानपुर । मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। भिमफेदी गाउँपालिका–६ जुरिखेतमा बागमती प्रदेश ०२–०२० प ४२३७ नम्बरको मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक एवम प्रवक्ता टेकबहादुर कार्कीका अनुसार बुधबार साँझ काठमाडौंबाट हेटौंडातर्फ जाँदै गरेको अवस्थामा अनियन्त्रित भई मोटरसाइकल दुर्घटना भएको थियो ।

दुर्घटनामा परी पर्सौनि नगरपालिका–५ बाराका २५ वर्षीय लालबाबु सहनी र २० वर्षीय रवीन्द्र मण्डलको मृत्यु भएको छ ।  मृतक दुबैजनाको शव हेटौंडा अस्पतालमा राखिएको छ ।