निरा पाण्डेको हत्यामा संलग्न भएको आरोपमा एकजना पक्राउ



काठमाडौं । निरा पाण्डेको हत्यामा संलग्न रहेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । प्रहरीले पाण्डेको हत्यामा संलग्न रहेको आरोपमा ९ दिन पछि झापावाट विनोद विकलाई पक्राउ गरेको हो ।

उनी शनिबार पक्राउ परेका हुन् । कपनको सरस्वतीनगरीस्थित निरु किचन सञ्चालन गर्दै आएकी पाण्डेको गत वैशाख ७ मा रहस्यमय तरिकाले हत्या भएको थियो । प्रहरी स्रोतका अनुसार बिकलाई झापा नै पुगेर पक्राउ गरिएको हो । उनी काठमाडौंमा पाण्डेको हत्या गरी झापातर्फ फरार भएका थिए ।

नौ दिनसम्म पनि पाण्डेको हत्यारालाई पक्राउ नगरेको भन्दै आफान्तजनले शनिवार मात्रै काठमाडौंमा प्रदर्शन गरेका थिए भने सरकारले शुक्रबार मात्रै बिशेष छानबिन समिति गठन गरेको थियो । पक्राउ परेका बिकलाई आज सार्वजनिक गर्ने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मेलम्चीको पानी काठमाडौंमा वितरण, मन्त्री यादवद्वारा शुभारम्भ

काठमाडौँ । काठमाडौँ उपत्यकामा मेलम्चीको पानी वितरण सुरु गरिएको छ । खानेपानीमन्त्री प्रदीप

विकास निर्माणको शैलीमा आमूल परिवर्तन गर्न प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माणको शैलीमा सामान्य सुधार नभई आमूल

राष्ट्रपतिबाट विजयादशमीका दिन टीका तथा प्रसाद प्रदान हुने, सर्वसाधारणलाई साढे तीन बजेपछि

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले यसवर्षको दसैँमा सर्वसाधारणलाई टीका लगाइदिने भएका छन् ।

दक्षिण कोरियाले विपद्पछिको पुनःनिर्माणका लागि नेपाललाई पाँच लाख डलर सहयोग गर्ने

काठमाडौँ । गणतन्त्र कोरिया सरकारले हालैको विपद्पछिको पुनःनिर्माणका लागि नेपाललाई पाँच लाख अमेरिकी