युवकको हत्या गरी फरार भएका दम्पती पक्राउ



बारा । युवकको हत्या गरी फरार रहेका दम्पतीलाई बारा प्रहरीले पक्राउ गरेका छ । पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका–१५ भिस्वा बस्ने वर्ष २४ का रामु भनिने कैलास महतो र रोसनी भनिने २० वर्षकी हिरादेवी रहेको प्रहरी उपरीक्षक होमिन्द्र बोगटीले जानकारी दिए ।

विसं २०७९ मङ्सिर २७ गते राति अन्दाजी ९ बजेको समयमा विश्रामपुर गाउँपालिका–५ इट्याही टोलस्थित दरबार कोलनी क्षेत्रमा भुलन चौरसियाको खेतमा रहेको परालको भुसमा जितपुर सिमरा उपमहानगरपालिका–८ राजानगर टोलमा बस्ने वर्ष २२ का सुरज भनिने महेश साहको हत्या गरेर शव लुकाइराखेको अवस्थामा फेला परेको प्रहरीले जनाइएको छ ।

प्रहरीका अनुसार हिरादेवी र मृतक महेश कोठामा सँगै बस्ने गरेको भए पनि महेश र हिरादेवीबीच विवाह गर्ने कुरा भएको तर हिरादेवीको पहिला नै विवाह भई छोरीसमेत भएको हुँदा महेशको घर परिवारका मानिसले विवाह गर्न मानेका थिएनन् ।

गत मङ्सिर २७ गते राति हिरादेवी र महेशलाई हिरादेवीका श्रीमान् कैलाशले दुवैलाई घटनास्थल नजिकै साथमा भेटेपछि मृतकसँग विवाद भई निजहरुले तारले घाँटीमा कसी कर्तव्य गरी मारी शव लुकाउने उद्देश्यले परालको भुसमा लुकाइराखेर भागेको प्रहरीले जनाएको छ ।

भाग्ने क्रममा भारतको बिहारदेखि दिल्ली हुँदै केरला मलप्पुरम जिल्ला पुगेकामा निजहरुलाई केरला प्रहरीसँग समन्वय गरी खोजतलास गरिरहेकामा यही वैशाख ६ गते नेपाल र भारतको सीमाना नजिकबाट प्रतिवादी कैलाश र हिरादेवीलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक बोगटीले बताए ।

पक्राउ परेका निजहरुलाई कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ललितपुर खोकनाको सिकाली जात्रा, तस्बिरमा

काठमाडौं । दसैँको सट्टा ललितपुरको खोकनामा सिकाली जात्रा मनाउने गरिन्छ। सिकाली चौरमा रहेको

सोडारीको ‘शिवलिङ्गभित्रको विज्ञान’

काठमाडौँ । नेपालको इतिहास एवं धर्मसंस्कृतिका अध्येता हरिप्रसाद सोडारीद्वारा लिखित ‘शिवलिङ्गभित्रको विज्ञान’ कृति

तालबाराही मन्दिर पुनर्निर्माण गरिँदै

कास्की । पर्यटकीय राजधानी पोखरा–६ बैदामस्थित फेवातालको बीच भागमा अवस्थित तालबाराही मन्दिर पुनर्निर्माणलाई

आगामी तीन महिनाको मौसमको आँकलन : पाँच प्रदेशमा सरदरभन्दा बढी वर्षा हुने

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले यही असोज १५ देखि पुस १६