डढेलो निभाउने क्रममा जलेर गुल्मीमा एकजनाको मृत्यु


बुटवल । जंगलमा लागेको डढेलो निभाउने क्रममा जलेर घाइते भएका एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गुल्मीको धुर्कोट गाउपालिका वडा नम्बर नम्बर तीनका १३ वर्षीय बालक दीपक मुखिया छन् । बिहीबार  धुर्कोट गाउपालिका वडा नं ३ हाडहाडे बर्दवास जंगलमा लागेको आगो निभाउन गएका उनी जलेर घाइते भएका थिए ।

प्रहरीका अनुसार उनको टाउको जलेको अवस्थामा उद्धार गरी जिल्ला अस्पताल तम्घासमा ल्याइएको थियो। गम्भीर घाइते उनलाई तम्घासमा उपचार सम्भव नभएपछि पाल्पा पठाइएकोमा मुखियाको गएराति  मृत्यु भएको प्रहरीले बताएको छ।