नेपाली नागरिकता लिएको आरोपमा तिब्बती शरणार्थी पक्राउ



काठमाडौं । नेपाली नागरिकता लिएको आरोपमा प्रहरीले एक तिब्बती शरणार्थीलाई पक्राउ गरेको छ । नक्कली बाबु खडा गरी जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नागरिकता लिएको आरोपमा प्रहरीले तिब्बती शरणार्थी निमा ल्हामो गुरुङलाई पक्राउ गरेको हो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार उनले सरकारी कार्यालयहरुको कागजात, छाप तथा कर्मचारीको दस्तखत समेत कीर्ते गरी झुट्टा लिखत तथा नक्कली सिफारिस तयार गरी नक्कली बाबुसमेत खडा गरी जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नागरिकता लिएको खुलेकाले पक्राउ गरेको जनाएको छ ।

उनलाई चैत २३ गते बौद्धबाट पक्राउ गरि नागरिकता ऐन तथा लिखत सम्बन्धि कसुरमा आवाश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सरकारले भारतबाट २० वटा बेलीब्रिज ल्याउने

  चौतारा । सरकारले भारतबाट २० वटा बेलीब्रिज ल्याउने  तयारी गरेको छ ।

धौलागिरि हिमाल आरोहणमा गएका पाँच विदेशी नागरिकको मृत्यु

  म्याग्दी ।  धौलागिरि हिमाल आरोहणमा गएका पाँच जना रुसी पर्वतरोहीको मृत्यु भएको

सरकारद्वारा खनालको अध्यक्षतामा उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोग गठन

काठमाडौँ । सरकारले उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोग गठन गरेको छ । अर्थ

ललितपुर खोकनाको सिकाली जात्रा, तस्बिरमा

काठमाडौं । दसैँको सट्टा ललितपुरको खोकनामा सिकाली जात्रा मनाउने गरिन्छ। सिकाली चौरमा रहेको