मन्थली । रामेछापको मन्थली नगरपालिका वडा नम्बर ७ को कौछिनी (मगर गाँउ नजिक)बलेरो दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मन्थली नगरपालिका ७ की ८२ वर्षीया नन्दमाया भण्डारी, सोही वडाकी ५५ वर्षकी ज्ञान दानी तामाङ ६८ वर्षका जेनसुन तामाङ र सुनापती गाँउपालिका वडा नम्बर १ गुन्सीकी ८ वर्षीया लाक्पा घिसिङ रहेका प्रहरीले जनाएको छ ।
स्थानीयवासी र प्रहरीले घाइतेहरुको उद्धार गरी ११ जनालाई मन्थली अस्पतालमा उपचारका लागि पठाएका छन् । मन्थलीबाट कौछिनी तर्फ जाँदै गरेको वा ११ च ५५३ नम्बरको बलेरो सडकबाट करिव एकसय मिटर तल झरेको थियो ।

प्रतिक्रिया