५० लाख बिगो दाबी गर्दै सुर्खेतको पञ्चपुरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता



काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेतको पञ्चपुरी नगरपालिकाका तत्कालीन प्रमुख, प्रमुख प्रशासकीय अधिकृतसहित भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले मंगलबार सात जनाविरुद्ध ५० लाख रुपैयाँ बिगोसहितको मुद्दा दायर गरेको हो ।

आयोगले पञ्चपुरी नगरपालिकाका तत्कालीन नगरप्रमुख उपेन्द्र बहादुर थापा, पञ्चपुरी नगरपालिका नगरकार्यपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पित्रीभक्त गिरी, पञ्चपुरी नगरपालिका नगर कार्यपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत हरि प्रसाद देवकोटा, पञ्चपुरी नगरपालिकाका लेखा अधिकृत मोहन बहादुर बुढा, पञ्चपुरी नगरपालिकाका लेखापाल लक्ष्मीप्रसाद अधिकारी, नमुना समाज सुर्खेतका कार्यकारी निर्देशक लाल बहादुर जीएम भनिने लालबहादुर घर्ती मगर र नमुना समाजका अध्यक्ष भूमिसरा पुलामीविरुद्ध मुद्दा दायर गरेको हो ।

पालिका प्रमुख उपेन्द्रबहादुर थापा र प्रमुख प्रशासकीय अधिकृतलगायतका कर्मचारीले नमुना समाज सुर्खेतसँग सम्झौता गरी लाखौं रकम हिनामिना भुक्तानी दिएको देखिएको आयोगको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सरकारले स्टार्टअप उद्यम गर्नेहरूका लागि १० वर्ष आयकर छुट दिने

काठमाडौँ । सरकारले स्टार्टअप उद्यम गर्नेहरूका लागि विभिन्न छुट तथा सुविधा उपलब्ध गराउने

खोकनामा चोरीमा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुर महानगरपालिका–२१ खोकनामा भएको चोरी

सहकारी ठगी छानबिन गर्न संसदीय समिति गठन गर्ने चार दलबीच सहमति

काठमाडौँ । सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी दल संसदको गतिरोध अन्त्य गर्न संसदीय

फोर्ब्सद्वारा प्रकाशित सु ब्रिजम्यानको ‘द सीक्यू एज’ नेपालमा सार्वजनिक

काठमाडौं । सु ब्रिजम्यानद्वारा लिखित ‘द सीक्यू एज’ पुस्तक सार्वजनिक गरिएको छ। काठमाडौंमा