अग्रजहरुले गरेको मार्ग–निर्देशन अक्षरशः पालना र अधुरा योजना पूरा गर्छुः महानिरीक्षक कुँवर



काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रहरी प्रधान कार्यालयले प्रहरी सेवाका सन्दर्भमा अघि सारेका कामलाई निरन्तरता दिँदै सेवालाई अझै प्रभावकारी र चुस्त बनाउने प्रतिबद्धता जनाएका छन् ।

प्रहरी प्रधान कार्यलयमा शुक्रबार अवकाशमा जान लागेका प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहसहितका प्रहरी अधिकारीलाई बिदाइ गर्दै उनले अग्रजहरुले गरेको मार्ग–निर्देशन अक्षरशः पालना गर्ने र अधुरा रहेका योजनालाई आफूले पूरा गर्ने विश्वास दिलाए ।

उनले प्रहरी महानिरीक्षक सिंहलगायतको उच्च अधिकृतले प्रहरी सेवामा अनवरत नेतृत्वमा रहेर पुर्याएको सेवाप्रति अभार व्यक्त गरे ।

उनले अवकाश हुन लागेका  महानिरीक्षक सिंहको आगामी जीवनको सफलताको शुभकामना दिए ।

अवकाशमा जान लागेका प्रहरी महानिरीक्षक सिंहले आफ्नो कार्यकालमा सबै निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन गर्न सफल भएको र उक्त कार्यका लागि प्रहरी कर्मचारीबाट प्राप्त साथ र सहयोगको प्रशंसा गरे ।

उनले प्रहरी कर्मचारी पनि शान्ति मिसनमा जाने सन्दर्भका विषयलाई आफूले अघि बढाएकाले अबको नेतृत्वले त्यो पूरा गरेर रोकिएका कार्यलाई निरन्तरना दिने विश्वास व्यक्त गरे ।

उनले नवनियुक्त महानिरीक्षक कुँवरको कार्यकाल सफलताको शुभकामना दिए । सिंहसहित उनका ब्याची आज राति १२ बजेबाट अवकाशमा जाँदैछन् । नवनियुक्त महानिरीक्षक कुँवरले शनिबारदेखि कार्यभार सम्हाल्नेछन् ।

सिंहसँगै नौ प्रहरी अधिकृत अवकाशमा

हालका प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहसहित उनका ब्याजी नौ जना प्रहरी अधिकृतहरु आजबाट अनिवार्य अवकाशमा जाँदैछन् ।

गत वैशाख १८ मा महानिरीक्षक पदमा पदोन्नति भएका सिंहले झण्डै एक वर्ष महानिरीक्षक भएर सेवा दिए । उनका ब्याचीहरु प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) सहकुलबहादुर थापा, उत्तमराज सुवेदी र दिवेश लोहनी अवकाशमा जाँदैछन् ।

आज राति १२ बजेदेखि उनीहरुको कार्यकाल सकिने भएकाले आजैको मन्त्रिपरिषद् बैठकले शनिबारदेखि लागू हुने गरी प्रहरी महानिरीक्षकमा एआइजी वसन्तबहादुर कुँवरलाई बढुवा गर्ने निर्णय गरिसकेको छ । उनीहरुसँगै तीन डिआइजी र दुई एसएसपीले पनि अनिवार्य अवकाश लिँदैछन् ।

प्रहरी प्रधान कार्यालयअनुसार प्रहरी नायब महानिरीक्षक (डीआइजी)हरु नलप्रसाद उपाध्याय, मोहनकुमार आचार्य र मसाउद आलम खाँ तथा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसएसपी)द्वय उमाशङ्कर पञ्जियार र जनकराज पाण्डे पनि आज राति १२ बजेदेखि लागू हुने गरी अनिवार्य अवकाशमा जाने प्रहरी प्रवक्ता पोषराज पोखरेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला गरिने, तीन प्रकारका प्रवेश अनुमतिपत्रको व्यवस्था

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा यार्सागुम्बा सङ्कलन गर्न

महोत्तरीको मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रणमा

  जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा बुधबार दिउँसो लागेको आगो ६

कतारी अमिरको भ्रमणबाट दुई देशबीचको सहकार्य नयाँ चरणमा प्रवेश गरेको छः उर्जामन्त्री बस्नेत(अन्तरवार्ता)

काठमाडौँ । कतारका अमिर शेख तमिम विन हमाद अल थानीको नेपालको दुईदिने राजकीय

उपनिर्वाचनको मौन अवधि आज राति १२ बजेदेखि

  काठमाडौँ ।  यही वैशाख १५ गते हुने इलामको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र