झुटो विवरण पेस गरी जन्मदर्ता बनाउने तीन पक्राउ



मलेखु । झुटो विवरण पेस गरी जन्मदर्ता बनाउने तीन जना पक्राउ परेका छन् । धादिङको ज्वालामुखी गाउँपालिका–६ का श्यामबहादुर नगरकोटी, उनकी श्रीमती हिममाया नगरकोटी र चितवनको रत्ननगर–१२ टाँडी घर बताउने अमिर खान पक्राउ परेका छन् ।

सन्ताउन वर्षीय नगरकोटी दम्पतीले २२ वर्षीय खानलाई आफ्नो छोरा रोशनी नगरकोटी हो भनी वडा कार्यालयमा झुटो विवरण दिई जन्मदर्ता प्रमाणपत्र बनाएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिए ।

झुटो विवरण पेस गरेर बनाएकै जन्मदर्ताको आधारमा नेपाली नागरिकता (वंशज) प्रमाणपत्रका लागि अनुसुची १ बमोजिमको फारमसमेत भरी सकेपछि शङ्का लागि वडा कार्यालयले प्रहरीलाई खबर गरेपछि अनुसन्धान गर्ने क्रममा झुटो प्रमाणित भएको उनले जानकारी दिए ।

पक्राउ परेका तीनै जनालाई झुटो विवरण पेस गरी जन्मदर्ता प्रमाणपत्र बनाएको कसूरमा मुद्दा दर्ता गरिएको प्रहरी नायब उपरीक्षक जैसवारले जानकारी दिनुभयो । उनीहरुलाई धादिङ जिल्ला अदालतले ४ दिनको म्याद थप गरी प्रहरी हिरासतमा राखेर अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अचानक आएको हावाहुरीका कारण फेला तालमा डुंगा पल्टिँदा…

गण्डकी । फेवातालमा डुंगा दुर्घटनामा परेका पाँच जनालाई सशस्त्र प्रहरीको फेवाताल किनाराको उद्धार

तनहुँका २३ सामुदायिक वनमा आगलागी, सबै नियन्त्रणमा

तनहुँ । तनहुँमा २३ वटा सामुदायिक वनमा आगलागी भएको छ । फागुनदेखि वैशाख

काभ्रेको कुतालमा युवाको सक्रियतामा छ्योर्तेन निर्माण

  काभ्रे । काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–३ कुतालमा तामाङ युवाको सक्रियतामा छ्योर्तेन निर्माण गरिएको

बन्दीपुरको सौन्दर्यता र मौलिकता कायम राख्न बोर्डको आग्रह

  दमौली (तनहुँ) ।  तनहुँको बन्दीपुर पर्यटन बोर्डले पहाडकी रानी उपनामले परिचित बन्दीपुर