तिब्बती नागरिकलाई नेपाली नागरिकता बनाउन सक्रिय गिरोह प्रहरीको फन्दामा



काठमाडौं । तिब्बती नागरिकलाई नेपाली नागरिकता बनाउन सक्रिय गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले त्यसमा संलग्न पाँच जनालाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा झापा केचनाकवलका ४७ वर्षीय कृष्णबहादुर कटवाल, काठमाडौं बबरमहलका ७० वर्षीय न्युल्केस श्रेष्ठ, मोरङ सुन्दर हरैँचाका ४९ वर्षीय हिरालाल शिवाकोटी, तनहुँस्थित तिब्बतीयन शिविरमा बस्ने २५ वर्षीय लोब्साङ ठिन्ले र ललितपुर गोदावरीका ३० वर्षीय विजय लामा छन् ।

लेखापढीको काम गर्ने कटवालले हालसम्म पाँच सयभन्दा बढी तिब्बतीको नेपाली नागरिकता बनाइदिएको प्रहरीले दाबी गरेको छ । काठमाडौं जिल्ला प्रशासन कार्यालयमा क्यान्टिन चलाउँदै आएका विजय लामाले सेटिङ मिलाएर तिब्बती नागरिकलाई नेपाली नागरिकता बनाउन सहयोग गरेको प्रहरीले जनाएको छ ।

यसरी नागरिकता लिएका तिब्बती लोब्साङ पक्राउ परेपछि यसको रहस्य खुलेको हो । यो प्रकरणमा जिल्ला प्रशासनका केही कर्मचारीमाथि पनि प्रहरीले अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
धौलागिरि हिमाल आरोहणमा गएका पाँच विदेशी नागरिकको मृत्यु

  म्याग्दी ।  धौलागिरि हिमाल आरोहणमा गएका पाँच जना रुसी पर्वतरोहीको मृत्यु भएको

यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णय

काठमाडौँ । सरकारले बाढीपहिरोबाट स्थानीय तहहरुमा भएको क्षतिको मूल्याङ्कन गरी आवश्यकताअनुसार बजेट उपलब्ध

सरकारद्वारा खनालको अध्यक्षतामा उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोग गठन

काठमाडौँ । सरकारले उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोग गठन गरेको छ । अर्थ

ललितपुर खोकनाको सिकाली जात्रा, तस्बिरमा

काठमाडौं । दसैँको सट्टा ललितपुरको खोकनामा सिकाली जात्रा मनाउने गरिन्छ। सिकाली चौरमा रहेको