दैलेखमा ग्यास सिलिन्डर बोकेको ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु



सुर्खेत । दैलेखको तालपोखरीमा मालबाहक मिनि ट्रक दुर्घटना तीन जनाको  घटनास्थलमै मृत्यु भएको छ।

नेपालगञ्जबाट दैलेखतर्फ आउँदै गरेको मनकामना ग्यास सिलिन्डर बोकेको भे १ क २२०१ नम्बरको ट्रक बुधबार विहान पौने ९ बजे दैलेखको गुराँस गाउँपालिका ३ ताल पोखरीमा दुर्घटना भएको दैलेख प्रहरीले जनाएको छ।

दुर्घटनमा मृत्यु हुनेमा ३० वर्षीय चालक कृष्ण चौधरी, कामदारहरु २५ वर्षीय लक्षिराम चौचरी र २२ वर्षको विष्णु चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दैलेखमा डीएसपी किशोर लम्सालले बताए ।

सहचालक प्रकाश कुमाई भने सकुशल रहेको प्रहरीले जनाएको छ। माथिल्लो मोडबाट तल्लो मोडमा खसेको ट्रकका कारण बाटो अवरुद्ध भएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गठबन्धन गरेर निर्वाचनमा जाँदा कांग्रेस ठूलो पार्टी बनेको कुरा भूल्नु हुँदैनः सभापति देउवा

भक्तपुर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले समानुपातिक प्रणालीलाई व्यवस्थापन गर्न संविधान संसोधन

पानीको जोहो गर्न दुई घण्टा

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका–३ पाल्पाली डाँडाका स्थानीयले खानेपानीको जोहो गर्न दुई घण्टा

प्रधानमन्त्रीले फुकोट कर्णाली र तल्लो अरुण भारतलाई किस्तीमा राखेर सुम्पिएको ओलीको आरोप

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत

नागरिकताबारे त सबै बोलेका छन्, नागरिकबारेचाहिँ बोलेका छन् कि छैनन् होला ?

नारायण गाउँले । भैरहवाको तापक्रम मरूभूमिको शहर भनिने दुबईभन्दा बढ़ी रहेछ ।नेपालगञ्जदेखि विराटनगरसम्म