बालविवाह मुद्दामा पाँच जनालाई १८ दिन कैद सजाय



दमौली । बालविवाह मुद्दामा तनहुँ जिल्ला अदालतले पाँच अभियुक्तलाई कैद फैसला सुनाएको छ । जिल्ला न्यायाधीश हरिशचन्द्र ढुङ्गानाको इजलासले पाँच अभियुक्तलाई कैद फैसला सुनाएको हो ।

पाँचै अभियुक्तलाई जनही १८ दिनको कैद फैसला भएको तनहुँ जिल्ला अदालतका स्रेस्तेदार मीनबहादुर कुँवरले जानकारी दिए । साथै उनीहरूविरुद्ध जनही दुई हजार रुपैयाँका दरले जरिवाना भएको छ ।

व्यास नगरपालिका–५ का प्रकाश श्रेष्ठ, तुलसीकुमार श्रेष्ठ, व्यास– ६ का महादेवबहादुर गिरी, भद्रबहादुर श्रेष्ठ र एक महिलालाई कैद र जरिवानाको फैसला भएको हो । जबर्जस्ती करणीसमेत रहेको उक्त मुद्दामा बेहुलाले सफाइ पाएका छन् ।

प्रहरीले निजविरुद्ध विसं २०७८ पुस १९ गते बालविवाह गरे गराएको भन्दै अदालतमा मुद्दा दर्ता गरेको थियो । उक्त मुद्दामा नौ पटक पेसी तोकिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ललितपुर खोकनाको सिकाली जात्रा, तस्बिरमा

काठमाडौं । दसैँको सट्टा ललितपुरको खोकनामा सिकाली जात्रा मनाउने गरिन्छ। सिकाली चौरमा रहेको

क्षतिग्रस्त सडक सञ्चालन अभियानमा सेना

  काठमाडौँ । नेपाली सेनाले क्षतिग्रस्त सडक मर्मत गरी पुनः सञ्चालन गर्ने अभियान

सञ्चय कोष र नेपाल प्रहरी श्रीमती सङ्घद्वारा आर्थिक सहयोग

काठमाडौँ । हालैको बाढीपहिरोबाट पीडित भएकाहरुको सहयोगार्थ कर्मचारी सञ्चय कोष र नेपाल प्रहरी

तनहुँमा श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

दमौली । तनहुँको भानु नगरपालिका–१ बोटेगाउँमा श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ परेका छन्