पृथ्वी शाहसहित ६ जना पुर्पक्षका लागि जेल चलान



काठमाडौं । शंकास्पद कारोबार गरेको आरोप लागेका अछामका पृथ्वीबहादुर शाहसहित ६ जना जेल चलान भएका छन्। जिल्ला अदालत काठमाडौंले उनीहरुलाई पुर्पक्षका लागि ेल चलानको आदेश दिएको हो ।

शाहसहित अछामकै विजयविक्रम शाह, रंगबहादुर साउद, दोलखाका अनुप खड्का, जाजरकोटका चक्रबहादुर खत्री र नवलपरासी पश्चिमका रुक्माङ्गत काफ्लेसहित १९ जनाविरुद्ध प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ठगी, लिखतसम्बन्धी कसुर, सहकारी ठगी र संगठित अपराधको कसुरमा मुद्दा चलाएको थियो।

जसमध्ये ६ जनाबाहेक अन्य व्यक्ति भने अहिलेसम्म फरार छन् । पक्राउ परेका पृथ्वी शाहसित ६ जनालाई नै पुर्पक्षका लागि थुनामा राख्न आदेश भएको सीआईबीले जनाएको छ । यो समूहले अमेरिकाबाट समेत शंकास्पद रुपमा करोडौं रकम भित्राएको आरोप लागेको थियो ।

उनीहरुले ठगीबाट आर्जित गरेको रकम ३८ करोड, ८६ लाख ६२ हजार १३६ रुपैयाँ रहेको खुल्न आएको छ । उनीहरुविरुद्ध हालसम्म २४ जना पीडितले नेपालस्थित अमेरिकी दूतावासमार्फत् उजुरी दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ललितपुर खोकनाको सिकाली जात्रा, तस्बिरमा

काठमाडौं । दसैँको सट्टा ललितपुरको खोकनामा सिकाली जात्रा मनाउने गरिन्छ। सिकाली चौरमा रहेको

क्षतिग्रस्त सडक सञ्चालन अभियानमा सेना

  काठमाडौँ । नेपाली सेनाले क्षतिग्रस्त सडक मर्मत गरी पुनः सञ्चालन गर्ने अभियान

सञ्चय कोष र नेपाल प्रहरी श्रीमती सङ्घद्वारा आर्थिक सहयोग

काठमाडौँ । हालैको बाढीपहिरोबाट पीडित भएकाहरुको सहयोगार्थ कर्मचारी सञ्चय कोष र नेपाल प्रहरी

‘राजा’सँग किन टीका लगाउने ?

रविन्द्र मिश्र । १. राष्ट्रपति पार्टीको, गुटको र व्यक्तिको हुने रहेछन्। त्यो बारम्बार