सोलुखुम्बुमा यस वर्षको पहिलो हिउँ



सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा यस वर्षकै पहिलो पटक हिमपात भएको छ । बितेका वर्षहरूमा पुस अन्तिम र माघको पहिलो सातादेखि नै हिउँ पर्ने सोलुखुम्बुमा यस वर्ष भने ढिला गरी हिउँ परेको हो ।

देशका अन्य भूभागमा अघिल्लो सातादेखि नै वर्षा तथा हिमपात सुरु भए पनि जिल्लामा भने आइतबार मात्रै वर्षासहितको हिमपात भएको हो ।

आइतबार बिहानैदेखि मौसममा बदली आएसँगै साँझदेखि हल्का वर्षासँगै हिमपात भएको हो । हाल जिल्लाको तीन हजार मिटर उचाइभन्दा माथिको क्षेत्रमा हल्का हिमपात भइरहेको छ ।

जिल्लाको तल्लो क्षेत्रमा आंशिक वर्षा र माथिल्लो क्षेत्रमा हिमपात भएपछि किसान र स्थानीयहरूले भने राहत महसुस गरेका छन् । हिउँविहीन बनेका हिमालहरू हिउँ परेसँगै सेताम्मे भएका छन् ।

जिल्लाका पत्ताले, पिके, नाम्चे, खुम्जुङलगायत स्थानमा हिउँ परिरहेको छ । हिउँदयामभरि हिउँ नपर्दा गर्मी सुरु भइसकेको हिमाली बस्तीहरूमा चिसो महसुस हुन थालेको छ । यद्यपि विगतका वर्षहरूमा झैँ बाक्लो हिउँ नपरेको स्थानीयवासी प्रकाश मगरले बताए ।

नाम्चे बजार क्षेत्रमा भने बिहान केही बेर मात्रै हिमपात भएको थियो । बजार क्षेत्रमा हिउँ कमै मात्रामा परे पनि हिमालमा भने हिमपात भइरहेको छ ।

कालापत्थरमा परिणत भएका हिमालहरू सेताम्मे भएको सगरमाथा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्यायले बताए । उनका अनुसार हिउँ बाक्लो नपरेकाले जमिनमा भने हिउँ जम्न सकेको छैन ।

हिउँदमा वर्षा र हिमपात नहुँदा सिँचाइको अभावले चिन्तित बनेका कृषकहरूले राहत महसुस गरेका छन् । हिउँदे बालीको उत्पादन घट्ने चिन्तामा परेकाहरू आकासे पानी परेसँगै उत्साहित बनेको नेचा सल्यान गाउँपालिकाका कृषक दीपक बस्नेतको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आर्थिक कूटनीतिलाई उच्च प्राथमिकतामा राख्न मिसन प्रमुखहरुलाई परराष्ट्रमन्त्रीको निर्देशन

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणाले विश्वमा रहेका सबै नेपाली मिसनका प्रमुखहरुलाई राष्ट्रिय

खुम्बु क्षेत्रमा हेलिकप्टर उडानका लागि पूर्ण सुरक्षा दिन वायुसेवा सञ्चालक सङ्घको माग

काठमाडौं ।  वायुसेवा सञ्चालक सङ्घले पूर्ण सुरक्षाको प्रत्याभूति नभएसम्म सोलुखुम्बु क्षेत्रको हवाई उडानमा

सदन छलेर अध्यादेश ल्याउनु उचित होइनः प्रचण्ड

चितवन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताले प्राप्त गरेको

एनआरएनएले भन्यो-दश वर्षसम्मको गैरआवासीय भिसा नि:शुल्क उपलब्ध गराउने प्रावधान संविधान विपरीत

काठमाडौं । गैरआवासीय नेपाली संघले गैरआवासीय नेपालीको लगानी अभिवृद्धि गर्नका लागि मन्त्रिपरिषद्को सिफारिसमा