‘चितवन ड्राइभिङ स्कुल’ सञ्चालनमा



चितवन । सवारी चालक प्रशिक्षण प्रदान गर्न आधुनिक सुविधासहित ‘चितवन ड्राइभिङ स्कुल’ सञ्चालनमा ल्याइएको छ ।

पाँच करोडभन्दा बढीका लगानीमा चितवन ड्राइभिङ स्कुल प्रालिले भरतपुर महानगरपालिका–४ लङ्कुमा स्कुल शनिबारदेखि सञ्चालनमा ल्याएको हो ।

हालै बागमती प्रदेश यातायात व्यवस्था कार्यालयले चितवनबाट चालक अनुमतिपत्र (लाइसेन्स) वितरण प्रक्रिया सुरुवात गरेसँगै सो स्कुल सञ्चालनमा आएको जनाइएको छ ।

कार्यालयद्वारा जारी ‘सवारी चालक प्रशिक्षण केन्द्र सञ्चालन निर्देशिका, २०७४’ का अनुसार चितवनमा सो स्कुलले सञ्चालनको पहिलो अनुमति पाएको थियो ।

स्कुलमा फरक क्षमता (अपाङ्गता) भएका व्यक्तिलाई पनि विशेष प्रशिक्षणको व्यवस्था रहेको र अहिले स्कुलमा पाँच कमजोर शारीरिक अवस्थाका व्यक्तिले निःशुल्क प्रशिक्षण लिइरहेको बताइएको छ ।

दुई बिघा क्षेत्रफलमा सञ्चालित स्कुलका सञ्चालकमा युवा व्यवसायी माधवप्रसाद अधिकारी, रामनारायण घिमिरे, राजन क्षेत्री र विवेकजङ्ग थापा रहको शनिबार यहाँ आयोजित कार्यक्रममा जानकारी दिइयो । महेश सन्यास आश्रमदेवघाटका संरक्षक स्वामी मधुसुधानन्द गिरीले शनिबार स्कुल सञ्चालनको शुभारम्भ गरे ।

हाल मोटरसाइकल, स्कुटर, अटो र चारपाङ्ग्रे सवारीसाधनको चालक प्रशिक्षण दिन स्कुलले सुरुवात गरेको छ । “प्रशिक्षार्थीको माग र आवश्यकतानुसार भविष्यमा अन्य सवारीसाधनको लागि पनि प्रशिक्षण दिने तयारीमा छौँ । प्रशिक्षार्थीलाई आवश्यक सैद्धान्तिक तथा व्यवहारिक ज्ञानको सवारी सीप र ज्ञानसम्बन्धी पुस्तक वितरण, परामर्श र तालिम दिने छौँ”, उनले भने ।

स्कुलले ट्राफिक प्रहरीको समन्वयमा ट्राफिक नियम र सचेतनासम्बन्धी जानकारी पनि एकैसाथ अगाडि बढाउने जनाएको छ । स्कुलका सञ्चालक घिमिरेले भने, “यस स्कुललाई नमूना ड्राइभिङ स्कुल र सवारी सुरक्षासम्बन्धी अध्ययन केन्द्र रूपमा विकसित गरिने छ । हाम्रो ध्येय भनेकै सवारी दुर्घटनारहित समाज सिर्जना गर्नु हो । यसलाई पूरा गर्न सम्बन्धित निकायले गम्भीरतापूर्वक ध्यान दिनुपर्छ ।”

पछिल्लो समय सवारी दुर्घटनामध्ये ८० प्रतिशत दुर्घटना सवारी चालकको लापरवाहीले हुने गरेको ट्राफिक प्रहरी कार्यालको तथ्याङ्क छ । उनले दक्ष सवारी चालक उत्पादन गर्ने लक्ष्यका साथ धेरै लगानी गरेर स्कुल सञ्चालनमा ल्याइएको बताए ।

अर्का सञ्चालक थापाले अन्य ड्राइभिङ स्कुलभन्दा चितवन ड्राइभिङ स्कुल फरक रहेको दाबी गर्दै यसले दक्ष सवारी चालक उत्पादन गरी सवारी दुर्घटना न्यूनीकरणमा सहयोग पुर्याउने विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
डोल्पाको चरन क्षेत्रमा चौँरी

डोल्पाको शे-फोक्सुण्डो गाउँपालिका–४ नाम्दो थामवनको चरन क्षेत्रमा चर्दै गरेका चौँरीहरु । हिमाली क्षेत्रमा

दीर्घकालीन रणनीति सुधार्दै पर्यटन मन्त्रालयः भ्रमण दशक कार्यान्वयनदेखि द्विपक्षीय हवाई सेवा सम्झौतासम्म

सिबी अधिकारी, काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी पाएका बद्रीप्रसाद

बैतडीमा जिप दुर्घटनाः दुई जनाको मृत्यु, चार घाइते

बैतडी । बैतडीको सिगास गाउँपालिका–१ माडौंमा शनिबार बिहान भएको जिप दुर्घटना गम्भीर घाइते

रोशी खोलाको नौ किलोमिटर सिमाङ्कन सकियो

काभ्रेपलाञ्चोक । गत असोज दोस्रो साताको भीषण बाढीपहिरोबाट प्रभावित काभ्रेपलाञ्चोकको पनौतीको खोलाको सिमाङ्कन