करिश्माको उजुरीका आधारमा डिल्लीराम खनाल पक्राउ



काठमाडौं । नायिका करिश्मा मानन्धरले साइबर अपराधको आरोपमा उजुरी दिएपछि डिल्लीराम खनाललाई प्रहरीले पक्राउ गरेको छ ।

नेपाल प्रहरीको केन्द्रीय साइबर ब्यूरोको टोलीले खनाललाई नियन्त्रणमा लिएर सोधपुछ अघि बढाएको हो । साइबर ब्यूरोका एसपी तथा प्रवक्ता पशुपति रायले खनालमाथि अहिले सोधपुछ भइरहेको जानकारी दिए ।

गत माघ २४ गते मानन्धरले खनालविरुद्ध उजुरी दिएकी थिइन्। सामाजिक सञ्जाल तथा युट्युबमा विवादित अन्तर्वार्ता दिँदै चर्चामा आएका खनालले आफूमाथि विवादित अभिव्यक्ति दिएको करिश्माले बताएकी छिन् ।

खनालको अभिव्यक्तिले आफ्नो मानहानी भएको भन्दै नायिका मानन्धरले उजुरी दिएकी हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
उखुको समर्थन मूल्य छिटो तोक्न र मलको कोटा बढाउन सांसद विनोद चौधरीको माग

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य विनोद चौधरीले उखुको समर्थन

बाढी प्रभावित क्षेत्रको जानकारी लिन गृह, भौतिक र रक्षा मन्त्री सिन्धुलीमा

कमलामाई (सिन्धुली) । सिन्धुलीको बाढी प्रभावित क्षेत्रको अवस्थाका बारेमा जानकारी लिन सङ्घीय सरकारका

कञ्चनपुरमा जङगली हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिका–५ स्थित पुष्पलाल स्मृति सामुदायिक वनमा २२ वर्षीय उमेश

चन्द्रागिरि नगरपालिकाले ‘भिएलआर’ प्रतिवेदन संयुक्त राष्ट्रसङ्घमा प्रस्तुत गर्ने

काठमाडौँ । दिगो विकास लक्ष्यका केही विषयगत क्षेत्रलाई स्थानीयकरण गर्न चन्द्रागिरि नगरपालिकाले ‘स्थानीय