सुदूरपश्चिममा शिशु मृत्युदर बढ्दै



बैतडी । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बैतडीमा तीन वर्षमा एक सय ३० नवजात शिशुको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार आर्थिक वर्ष २०७६/७७ देखि आव २०७८/७९ सम्म ती शिशुको मृत्यु भएको हो ।

यहाँ हरेक वर्ष नवजात शिशु मृत्युदर बढ्दै गएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए । आर्थिक वर्ष २०७६/७७ मा ३१, आव २०७७/७८ मा ४८ नवजात शिशुको मृत्यु भएको थियो । गत आर्थिक वर्षमा ५१ नवजात शिशुको मृत्यु भएको उनले जानकारी दिए ।

गत आर्थिक वर्षमा सबैभन्दा बढी पुर्चौंडी नगरपालिकामा १३ नवजात शिशुको मृत्यु भएको थियो । यस्तै मेलौली नगरपालिकामा ११, सिगास गाउँपालिकामा छ, दशरथचन्द र पाटन नगरपालिकामा पाँच÷पाँच, डिलाशैनी र शिवनाथ गाउँपालिकामा चार/चार तथा सुर्नया गाउँपालिकामा दुई नवजात शिशुको मृत्यु भएको छ ।

स्वास्थ्य संस्थामा दक्ष प्रसूतिकर्मी नहुनु, सुत्केरी हुन स्वास्थ्य संस्था नजानुलगायत कारणले नवजात शिशुको मृत्यु हुने गरेको छ । समय अगावै जन्मिनु, नवजात शिशुमा सङ्क्रमण हुनु र निस्सासिएर पनि शिशुको मृत्यु हुने गरेको स्वास्थ्य प्रमुख भट्टको भनाइ छ ।

जिल्लामा एक सय ३० सुरक्षित प्रसूति सेवा केन्द्र सञ्चालनमा छन् । नवजात शिशुको मृत्यु रोकथामका लागि स्थानीय तहले विशेष कार्यक्रम सञ्चालन गर्नुपर्नेमा सरोकारवालाको जोड छ । स्वास्थ्यका सम्पूर्ण अधिकार स्थानीय तहमा रहेका भए पनि स्थानीय तहले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा नराख्दा विभिन्न समस्या देखिन थालेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
खुम्बु क्षेत्रमा हेलिकप्टर उडानका लागि पूर्ण सुरक्षा दिन वायुसेवा सञ्चालक सङ्घको माग

काठमाडौं ।  वायुसेवा सञ्चालक सङ्घले पूर्ण सुरक्षाको प्रत्याभूति नभएसम्म सोलुखुम्बु क्षेत्रको हवाई उडानमा

एनआरएनएले भन्यो-दश वर्षसम्मको गैरआवासीय भिसा नि:शुल्क उपलब्ध गराउने प्रावधान संविधान विपरीत

काठमाडौं । गैरआवासीय नेपाली संघले गैरआवासीय नेपालीको लगानी अभिवृद्धि गर्नका लागि मन्त्रिपरिषद्को सिफारिसमा

सिमकोटमा भारी हिमपात

हुम्लाको सदरमुकाम सिमकोटमा बिहीबार भएको हिमपात । हिमपात भएपछि यहाँको जनजीवन प्रभावित भएको

निजामती कर्मचारीलाई ५८ वर्षमा अवकास नदिन सुझाव

  काठमाडौँ । जानकारहरुले नेपालको बदलिँदो जनसाङ्ख्यिक संरचना र स्वरुपअनुसार निजामती सेवालाई समयसापेक्ष